३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धुलिखेल अस्पतालका दुई चिकित्सकलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

    • राजु कुशवाहा राजु कुशवाहा
    • today५ चैत्र २०८१

    काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो । धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्याको गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको दबाब र गालीगलौज गरेको उनीहरूको आरोप थियो ।

    Ad
    Ad
    Ad

     

    यस विषयमा नेपाल मेडिकल काउन्सिलले आरोपित चिकित्सक र पीडित दुवै पक्षको बयान लिएको थियो । बयानको आधारमा मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवरलाई किन कारबाही नगर्ने भन्दै मेडिकल काउन्सिलले आइतबार स्पष्टीकरण साधेको छ । काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको थियो ।

    Ad
    Ad
    Ad

    ‘

    विद्यार्थीहरूले लगाएको आरोप, सत्य हो कि होइन भनेर पुनः एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’ काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने, ‘उजुरी भएको आधारमा हेर्दा आशिंक दोषी देखिएको आधारमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका हौं ।’ ती सदस्यका अनुसार कारबाही लागि भने निर्णय भइसकेको छैन । उनीहरूले दिएको स्पष्टीकरणका आधारमा कस्तो कारबाही हुने भन्ने निर्णय हुने ती सदस्यले बताए । काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई काम नगर्न एक हप्ताको लागि

    Ad
    Ad
    Ad
    Ad

    निलम्बन गरेको थियो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसले पनि यस विषयमा छानबिन गरिरहेकाले कुनै पनि काममा संलग्न नहुन निर्देशन दिएको थियो । आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ । विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटकपटक दुव्र्यवहार भएको उनीहरूको भनाइ छ । एकवर्ष अघि पनि एक जना विद्यार्थीले दुव्र्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थी बीचमै पढाइ छोडेका थिए ।

    ताजा सूचना

    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.