३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो

    • अशोक यादब अशोक यादब
    • today५ चैत्र २०८१

    काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थालेको छ । आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो । बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग,  शिवशक्ति प्रा.लि. ले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो । 

    Ad
    Ad
    Ad


    २० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा बिस हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो । सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडमा औसत १५ प्रतिशत बचत हुने कुरा तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।

    Ad
    Ad
    Ad


    सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरुमा कन्टेनर, बल्क,  ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा मिति २०८० असार १६ (जुलाई ०१,  २०२३) देखि लुज कार्गो (कोइला) आउन थालेको थियो । 

    Ad
    Ad
    Ad
    Ad


    अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरु गरे पश्चात् वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ ।ट्याङ्क कन्टेनर पूर्णरुपमा सिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटनाबाट नहुने भएकोले सुरक्षित रूपमा आयात हुनाको साथै सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्याङ्कर नपाइने समस्याबाट समेत आयातकर्ताहरूलाई छुटकारा मिल्ने देखिन्छ ।

    ट्याङ्क कन्टेनरको सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘हामीले यसै वर्षबाट कोइलाको व्यवस्थापन गर्न सुरु गर्‍यौँ र अब कच्चा तेलको व्यवस्थापन पनि सुरु गरेका छौँ,’ उनले भने,‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौ भने आधुनिकीकरण पनि गरिरहेका छौँ । ट्याङ्क कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आउनु व्यापार सहजीकरणमा सुखद पक्ष रहेको छ ।’

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.