७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ठाकुरराम बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसमा शान्तिपूर्ण मतदान जारी

    • अशोक यादब अशोक यादब
    • today५ चैत्र २०८१

    वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पस सहित केही ठाउँमा बाहेक देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मतदान जारी रहेको छ । वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा पनि शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । सञ्चारकर्मीहरूलाई मतदान केन्द्रमा प्रवेश रोक लगाइएको छ । क्याम्पस प्रशासनले सुरक्षाकर्मी परिचालन गरी मतदानको रिपोर्टिङ गर्न खोज्ने सञ्चारकर्मीहरूलाई क्याम्पसभित्र छिर्नबाट रोकेपछि सञ्चारकर्मीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले निर्वाचनको पारदर्शिता र क्याम्पस प्रशासनको नियतमाथि गम्भीर प्रश्न उठेको छ । सञ्चारकर्मीहरूमाथि लगाइएको प्रतिबन्धको विरोधमा सञ्चारकर्मीहरूले आन्दोलनको चेतावनी दिएका छन् । भने निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारहरूले क्याम्पस प्रशासनमाथि पक्षपातको आरोप लगाएका छन् । मतदानको प्रत्यक्ष रिपोर्टिङका लागि क्याम्पस प्रवेश गर्न खोजिरहेका सञ्चारकर्मीहरूलाई क्याम्पस प्रशासनले गेटमै रोकेको छ ।

     

    Ad
    Ad

    स्ववियु निर्वाचन निर्देशिका अनुसार भन्दै तीनजना भन्दाबढी सञ्चारकर्मीलाई प्रवेश रोक लगाएको छ । सञ्चारकर्मीहरूमाथि लगाइएको प्रतिबन्धको विरोधमा पत्रकारहरूले क्याम्पस प्रशासनको कदमलाई प्रेस स्वतन्त्रताको हनन् भनेका छन् । नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले क्याम्पस प्रशासन र स्थानीय प्रशासनसँग समन्वय गरेर सञ्चारकर्मीहरूलाई क्याम्पस प्रवेशको व्यवस्था मिलाउने प्रयास भइरहेको बताउनुभयो । स्ववियु निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले क्याम्पस प्रशासनको कदमलाई निर्वाचनमा मिलेमतोको सङ्केतका रूपमा लिएका छन् । स्ववियु निर्वाचनलाई विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर मानिन्छ । तर, ठाकुरराम बहुमुखी क्याम्पसमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएपछि निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि नै शङ्का उत्पन्न भएको छ ।

     

    Ad
    Ad

    नेपाल पत्रकार महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरेर सञ्चारकर्मीहरूलाई क्याम्पस प्रवेशको व्यवस्था मिलाउन पहल गरिरहेको छ । सञ्चारकर्मीहरूले स्थानीय प्रशासनले पनि क्याम्पस प्रशासनको कदममा मौन समर्थन गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनमा सञ्चारकर्मीहरूमाथि लगाइएको प्रवेश प्रतिबन्धले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनको मौनता, उम्मेदवारहरूको पक्षपातको आरोप र सञ्चारकर्मीहरूको विरोधले घटनालाई थप जटिल बनाएको छ । निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम गर्न क्याम्पस प्रशासनले तत्काल कदम चाल्नुपर्ने माग उठिरहेको छ ।

     

    Ad

    यसैबीच वीरगञ्ज नर्सिङ कलेजमा भने शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको छ । बिहान ११ बजेदेखि मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा यो समाचार तयार पार्दासम्म एकसय २७ मत खसेको निर्वाचन अधिकृत अञ्जु महतोले जानकारी दिनुभयो । वीरगन्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । यसअघिको स्ववियु निर्वाचनमा अनेरास्ववियु निर्वाचित भएको वीरगन्ज नर्सिङ क्याम्पसमा यसपटक त्रिपक्षीय भीडन्त भएको छ । अखिल क्रान्तिकारी आफ्नो नयाँ इतिहास रच्ने दाउमा छ ।

     

    नेविसंघले पनि आफ्नो पूरानो विरासत फर्काउने प्रयासमा छ भने अनेरास्ववियु आफ्नो अघिल्लो स्थानलाई कायम राख्न चाहन्छ । अन्य क्याम्पसहरुमा बिहान ८ बजेदेखि मतदान समय तोकिएपनि वीरगन्ज नर्सिङ क्याम्पसमा भने बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.