७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट, डीएसपीसहित ३ जनाबिरुद्ध अदालतमा मुद्दा दर्ता

    • संजय कुशवहा संजय कुशवहा
    • today५ चैत्र २०८१
    धनुषाको महिनाथपुर बोर्डरमा अनाहकमा सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी सुरज रिजालसहित तीन सशस्त्र प्रहरीमाथि जाहेरी दर्ता भएको छ ।
    नेपाल–भारत बोर्डरस्थित धनुषाको महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी रिजालले आम सर्वसाधारणलाई विभिन्न आरोप लगाउँदै साम्प्रदायिक भेदभाव गरेको आरोप लगाइएको छ ।
     
     
    धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय अमन चौधरी आफ्नो खेतमा बाख्राको लागि पातपतिंगर टिपिरहँदा उनलाई सशस्त्र प्रहरीका दुई जवानले सम्प्रदायिक व्यवहार गर्दै कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् ।
     
     
    चौधरीको खुट्टामा चोट लागेको छ । फागुन २५ गते बाख्रालाई घाँस लिन गएका उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले प्रादेशिक अस्पताल जनकपुरमा घाउ जाँच गराएर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गर्न जाँदा दर्ता नभएपछि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत धनुषाले घाउजाँच केश फाराम गरी जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले जाहेरी लिएर मुद्दा दर्ता गरेको छ । प्रहरीले घाउ जाँच केश फाराम गराएर अदालतमा सशस्त्र प्रहरीका डीएसपी सूरज रिजाल र माधव अधिकारीबिरुद्ध जाहेरी दर्ता गरेको छ ।
     
     
    समान्य समान लिएर जाने सर्वसाधारणसँग समेत महिनाथपुर गुल्मबाट खटिएको सशस्त्र प्रहरीले अभद्र व्यवहार गर्न थालेको आरोप चौधरीले लगाए । उनले जाहेरी दर्ताको सन्दर्भमा आफूलाई बचाउ खोज्दा केही महिलाहरुमाथि समेत अभद्र व्यवहार गरेको बताएका छन् ।
     
     
    बोर्डर भन्दा १ कीमी दूरी नेपालतर्फको रेलवे लाइनमा सीसीटीभी फुटेज जडान गरिएको थियो । त्यो सीसीटीभी फुटालेको आरोप लगाउँदै निर्दोष नागरिक अमन चौधरीमाथि कुटपिट गरेका थिए । पीडित चौधरीले सशस्त्र प्रहरीको कुटाईबाट आफ्नो खुट्टाको नसामा असर परेको बताएका छन् ।
     
     
    डीएसपी रिजालले घरायसी प्रयोजनमा सर्वसाधारणले
    ल्याएका सामान पनि बरामद गर्ने गरेका छन् । उनले बरामद सामान तुरुन्त भन्सारमा नबुझाई एकैपटक महिनामा बुझायने र यति मूल्य बराबरको सामान बरामद गरेको भनेर मिडियाबाजी गर्ने गरेको आरोप पनि छ । सशस्त्र प्रहरीमा बीओपी र भन्सार गुल्मका प्रमुख ६–६ महिनामा परिवर्तन हुने गर्दछ । तर रिजाललाई भने यो नीतिबिपरीत ९ महिना बीरगंजको भन्सार गुल्ममा राखिएको थियो । त्यसलगत्तै सरुवा नीतिबिपरीत धनुषाको ठूलो तस्करीको नाका महिनाथपुर गुल्ममा काज गरिएको थियो । उनको अहिले दरबन्दी कायम भएको छ ।
     
     
    डीएसपी रिजालको बालुवाटारमै पहुँच भएकाले सशस्त्रको नेतृत्वले उनलाई पटकपटक आकर्षक स्थानमा इन्चार्ज बनाउँदै आएको आरोप छ । डीएसपी रिजालले झोलेपोके र घरायसी सामान ल्याउनेलाई दुःख दिने तर ठूलो परिणाममा सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाउने गरेको आरोप छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.