१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुर्था च्यातिदिएको रिसमा छुरा हानेर आँशुको हत्या, नयाँ कुर्था किनिदिने भन्दा पनि छोडेनन्

    • बिराज यादव बिराज यादव
    • today४ चैत्र २०८१

    काठमाडौं । दुई दिनअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीका १५ वर्षीय आँशु यादवको हत्या कुर्ता च्यातिएको विषयमा साथीले नै गरेको खुलेको छ । शनिबार होली खेल्ने क्रममा साँझ करिव ५ बजे स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । घरमा भएका उनलाई साथीमार्फत बोलाएर छाती, ढाड र पेटमा छुरा प्रहार गरिएको थियो ।

    Ad
    Ad
    Ad

     

    गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो । धर्मेन्द्र तत्कालै छुरासहित पक्राउ परे । धर्मेन्द्रले आशुमाथि छुरा प्रहार गर्दा काकी विनिता र छोरा रुपेशले रोक्न खोजेका थिए । त्यसक्रममा रुपेशलाई पनि दुई ठाउँमा छुरा लागेको खुलेको छ ।आँशुकी आमा अर्चनाका अनुसार होली खेल्ने क्रममा धर्मेन्द्रको कुर्था (टी–सर्ट) थोरै च्यातिएको थियो । सोही विषयमा धर्मेन्द्र रिसाएर आँशुलाई मार्ने धम्की दिए ।

    Ad
    Ad
    Ad

     

    अर्चनाले सम्झाई बुझाई गरी नयाँ कुर्ता किनिदिने बताएपछि उनी घर फर्किएका थिए । तर, केही समयपछि धर्मेन्द्रले आफ्ना साथीहरु लगाएर आँशुलाई बोलाउन पठाएको अर्चनाले बताइन् । आफुले रोक्दा रोक्दै आँशु, राजन र रुपेश घरबाट निस्किएको उनको भनाई छ । आँशु पुग्नासाथ धर्मेन्द्रले छुरा प्रहार गर्न थालेका थिए । आँशुलाई बचाउन गएकी काकी विनिताका अनुसार धर्मेन्द्रले आँशुमाथि छुरा प्रहार गर्दा उनी र छोरा रुपेशले रोक्न खोजे ।

    Ad
    Ad
    Ad
    Ad

     

    त्यस क्रममा रुपेशलाई दुई ठाउँमा छुरा लागेको थियो । रुपेश भुईंमा ढलेको मौका पारी धर्मेन्द्रले तीनपटक आँशुलाई छुरा हानेको विनिताले बताइन् । गम्भीर अवस्थामा रुपेशले नै आँशुलाई मोटरसाइकलमा प्रादेशिक अस्पताल पु¥याएका थिए ।उपचारकै क्रममा उनको मृत्यु भएको थियो । उनी जनकपुरधामस्थित यज्ञबलक्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनत थिए ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.