२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • होली खेल्ने क्रममा विवाद हुँदा जितपुरमा हवाई फायर

    • मेराज हास्मी मेराज हास्मी
    • today२ चैत्र २०८१

    वीरगञ्ज । बाराको जितपुरमा हिजो एक राउण्ड हवाई फायर भएको छ । होलीको दिन हिजो जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का परशुराम गिरीले इजाजत प्राप्त बन्दुकबाट एक राउण्ड हवाई फायर गरेको हो । गिरीको घरमा एक समूहले ढुंगामुढा सहित आक्रमण गरेपछि गिरीले हवाई फायर गरेको हो ।

    Ad
    Ad
     

    जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का विवादित वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा रहेको समूहले पर्शुराम गिरीको घरमा गएर गालीगलौज गर्दै ढुंगामुढा गर्न थालेपछि गिरीले एक राउण्ड हवाई फायर गरेको गिरीले बताए । उनले वडा अध्यक्ष सुनिल गुप्ताले जानी जानी आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनु भएको छ ।

    Ad
    Ad
    घरमा सुतिरहेको समयमा वडा अध्यक्ष गुप्ताको नेतृत्वमा आएका समूहले गिरीको घरअगाडि जथाभावी गालीगलौज गर्दै ढुगामुढा गरेका थिए । हवाई फायर नगरेको भए आफूहरुमाथि सांघातिक आक्रमण नै हुन सक्ने गिरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराले होली खेल्ने क्रममा विवाद हुदा हवाई फायर भएको जनाएको छ ।

    बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले होली खेल्ने क्रममा विवाद हुँदा पर्शुराम गिरीले लाईसेन्स प्राप्त एकनाले बन्दुकबाट पर्शुराम हवाई फायर गरेको बताए । गिरी र गुप्ताबीच जीतपुर सिमराको गौशाला भत्काएको र शिवमन्दिर भत्काएको घटनादेखि विवाद कायम रहेको स्थानीयले बताएका छन् । वडा अध्यक्ष गुप्ता यसअघि पनि पटक पटक विवादमा आएका व्यक्ति हुन् ।

    Ad

    वडा अध्यक्ष गुप्ता कहिले जीतपुर सिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई नै सेवाबाट बञ्चित हुने गरी अवरोध गर्ने, कहिले पत्रकारलाई धम्की दिने र अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्ने गरेका छन् । उनलाई बारा जिल्ला अदालतले जरिमाना समेत तिराएको छ । उनी नेकपा एमाले पार्टीबाट वडा नम्बर ७ मा निर्वाचित भएका हुन् ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.