२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्ववियु निर्वाचनमा दुई क्याम्पसमा अखिल (क्रान्तिकारी) विजयी

    • बिशाल यादब बिशाल यादब
    • today२७ फाल्गुन २०८१

    वीरगञ्ज । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मंगलबार उम्मेदवार दर्ता प्रकृया चलिरहँदा दुईवटा क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । दुवै क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति विजयी भएका छन् । सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीले खाता खोलेको छ। स्ववियू सभापतिमा क्रान्तिकारीकी सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको जुगल क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिलले अध्यक्षमा उम्मेदवारी नदिने सहमति गरेपछि श्रेष्ठ निर्वाचित भएकी हुन्।

    Ad
    Ad
    Ad


    जसअनुसार उपसभापतिमा क्रान्तिकारीकै ललिता कुमाल, सचिवमा एमाले निकट अनेरास्ववियुकी मनिषा गिरी, सहसचिवमा कांग्रेस निकट नेविसंघकी निशा गिरी, कोषाध्यक्षमा पनि नेविसंघकै कञ्चन विक सर्वसम्मत भएको उहाँले बताउनुभयो । यस्तै, ४ जना सदस्य क्रान्तिकारीले लिएको छ भने नेविसंघ र अनेरास्ववियुले १/१ जना भागवण्डा गरेका छन् । स्ववियु चुनावका लागि जुगल बहुमुखी क्याम्पसमा कांग्रेस, एमाले र माओवादीका तीन संगठनले दल दर्ता गराएका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र एकहजार ४ क्याम्पसमा स्ववियूको २ वर्षे कार्यकालका लागि चैत ५ गते चुनाव हुँदैछ ।

    Ad
    Ad
    Ad

     

    यस्तै रुकुम पश्चिमको शितल क्याम्पस चौरजहारीमा स्वतन्त्र विद्यार्थी यूनियनमा सहमतिमा कार्यसमिति चयन भएका छन् । अध्यक्षमा अखिल क्रान्तिकारीका प्रकाश डाङ्गी, नेविसंघबाट उपाध्यक्षमा मदन बि.क, सचीव आरेम्बर सिंह अनेरास्ववियु, कोषाध्यक्ष स्तुति आचार्य नेविसंघ र सह सचीव सुजाता सुनार अनेरास्ववियुबाट सर्वसम्मत चयन भएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.