५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सई शाहीलाई सिर्सियाको इन्चार्ज, एक घण्टा मै जिल्ला तानेर

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ फाल्गुन २०८१

    जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ सई गगन बहादुर शाही प्रहरी चौकी सिर्सियाको इन्चार्ज बनेको एक घण्टा नबित्दै पुनः जिल्ला तानेर पठाउन लागिइएको छ । तत्कालीन प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आफ्नो कार्यकालमा आर्थिक चलखेलमा मुछिएका केही प्रहरी इन्चार्जहरूलाई जिल्ला तानेका थिए तिनीहरूलाई पर्साका प्रहरी उपरीक्षक एसपी मिश्रले फेरि इन्चार्जको जिम्मेवारी दिएर पठाउन लागेको पाइएको हो ।

    Ad
    Ad
    Ad

     

    शाही केही दिनदेखि नेपाल मै चर्चित हुन्डी कारोबारीको मिलेमतोमा प्रहरी चौकी सिर्सियाको इन्चार्ज बन्न सफल भएका थिए । स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय पर्साले दररेट तोकी युनिट इन्चार्ज पठाइरहेको कुरा बाहिरिएपछि केही समयका लागी रोकिएको उ सई शाहीले आफ्नो ‘दररेट’ बराबरको शर्त पूरा गरी सिर्सिया चौकीको जिम्मेवारी दिएर पठाउन लागेका स्रोतले बताएको छ । प्रहरी उपरीक्षकले सेटिङ मिलाएका तस्करका गाडी छोड्न र पैसा उठाउन नयाँ नयाँ जिम्मेवारी दिने गरेको स्रोतले बताएको छ । 

    Ad
    Ad
    Ad

     

    स्रोतका अनुसार, गत फागुन १८ गते जिल्ला प्रहरी कार्यालय पर्सा परिसरभित्रै सई गगन बहादुर शाही र चर्चित हुन्डी कारोबारीबीच भेटघाट भएको थियो । त्यसपछि उनले मङ्गलबार सिर्सिया प्रहरी चौकीमा हाजिर हुन गएका थिए । तर, इन्चार्जको जिम्मेवारी लिएको केही समयमै आफ्ना खाट र ओछ्यान सहित फेरि जिल्ला फर्किनु परेको विषय रहस्यमय बनेको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रहरी नियमावलीअनुसार एक युनिट इन्चार्जले कम्तीमा ९ महिना कार्यकाल पूरा गर्न पाउने व्यवस्था भएपनि प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिना नपुगेका इन्चार्जहरूलाई पनि जिल्ला तानेर दररेट पुरा गर्न सक्ने प्रहरीलाई युनिट इन्चार्ज बनाउँदै पठाउने गरेको खुलेको छ।

     

    यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले सई शाहीलाई फिर्ता नबोलाइएको दाबी गरे यता यता प्रहरी चौकी सिर्सियाका सई अनुप ढकालले भने, "मंगलबार सई शाही हाजिर हुन आउनुभएको थियो, तर मलाई जिल्ला फिर्ता बोलाइएको जानकारी थिएन । उहाँसँग कुरा गर्ने क्रममा अचानक उहाँको मोबाइलमा फोन आयो, त्यसपछि उहाँ तुरुन्तै जिल्ला फर्किनुभयो । यता प्रहरी उपरीक्षक मिश्रा भने सई शाही हाजिर नभएको दाबी गर्दै भोलिसम्म हाजिर हुने बताए ।"

     

    स्रोतका अनुसार, युनिट इन्चार्ज बन्न प्रहरी कार्यालयभित्र दररेट तोकिएको छ, जसले बढी महिनावारी दिन सक्छ तिनलाई आफैले रोजेको इन्चार्ज बनाएर पठाउने भनिएको छ । यसका लागी प्रहरी उपरीक्षक मिश्राका विश्वासपात्र क्राइमका सई लोकेन्द्र परितले जिम्मा पाएका छन् । 

     

    प्रहरी चौकी सिर्सियाको इन्चार्ज बन्नका लागि पनि सोही प्रकृया अनुसार सई शाही, हुन्डी कारोबारी र प्रहरी उपरीक्षक विच कुरा भई जिम्मेवारी दिएको स्रोतले दाबी गरेको छ । यस घटनाले पर्सा प्रहरीभित्र चलिरहेको आन्तरिक राजनीति, आर्थिक चलखेल रउदाङ्गो भएको छ ।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.