२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ईप्रका प्रसौनी बाराको घुमुवा प्रहरी जवान रौनियारको असुली धन्दा तीब्र, प्रहरी निरिक्षक भट्टले सहयोग गर्दै

    • बिशाल यादब बिशाल यादब
    • today२१ फाल्गुन २०८१

    जिल्लाको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार प्राप्त भएको छ । ईप्रका प्रसौनी मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि एक प्रहरी जवानलाई घुमुवाको रुपमा खटाईएको बताईन्छ ।

    Ad
    Ad
    Ad

     

    ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी जवान शेषनाथ रौनियारले प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा, मटिअर्वा लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् ।
    शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवा चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।

    Ad
    Ad
    Ad

     

    सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक ५ हजार देखि २० हजार असुली घुमुवा रौनियारले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

    Ad
    Ad
    Ad
    Ad

     

    सो नाका भएर भारतबाट उज्वल ग्रुप किराना, अनवर ग्रुप किराना, उमेश र चन्दन कपडा, दसै हार्डवेयर, (वीरेन्द्र, प्रेम, मुकेश काजु,), (बृजकिशोर, अनिल गुटका) नरेश, महेश र राकेश किराना लगायतका सामग्रीहरुको तस्करीको माध्यमबाट निर्वाध रुपमा आईरहेको समाचार स्रोतको दाबी रहेको छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा रौनियारले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक सुरेश राज भट्टलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ । यदि प्रहरी निरीक्षक भट्टले मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ । 

     

    प्रहरी चौकी जीतपुरमा बिगत समयमा प्रहरी जवान रौनियार घुमुवा बसिसकेकोले उनलाई तस्कर रव्यापारीहरु सँग बार्गेनिङ्ग गर्ने तरिका बारे राम्रो जानकारी भएकोले उनलाई बिगत करिब १० महिना देखि ईप्रका प्रसौनीमा घुमुवा राखिएको प्रहरी स्रोतको भनाई रहेको छ । सो सम्बन्धमा ईप्रका प्रसौनीका प्रहरी निरिक्षक भट्ट सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.