२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सागढीमा दोस्रो राष्ट्रपति रनिंग शिल्ड सम्पन्न, नेरामावि बर्वाछटैलीलाई लगातार उपाधि

    • मेराज हास्मी मेराज हास्मी
    • today२१ फाल्गुन २०८१

    वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता पर्सागढी नगरपालिका पकडिया बढ्निहारस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो ।

    Ad
    Ad

    प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्वा छटैलीले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ । उक्त विद्यालयले १४ स्वर्ण, ९ रजत र ८ कास्य पदक जितेको प्रतियोगिताका मुख्य निर्णायक बिश्वेश्वर पटेलले जानकारी दिए । 

    Ad
    Ad

    यसैगरी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बडेर्वाले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने पर्सा रेन्वो इंग्लिस बोर्डिंग स्कुल तेस्रो स्थानमा रह्यो। उसले ३ स्वर्ण, २ रजत र ७ कास्य पदक जित्न सफल भयो । 

    Ad
     
     
     

    पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले खेलकुद क्षेत्रको विकासका लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले पढाइसँगै खेलकुद पनि महत्वपूर्ण भएको हुँदा खेलाडीहरूको प्रोत्साहनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने बताए ।

    मुख्य निर्णायक बिश्वेश्वर पटेलले विद्यालय तहका छात्र–छात्रालाई खेलकुदमा सहभागी गराउन अझ बढी प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले पर्सागढी नगरपालिकामा रहेका खेलाडीहरूलाई वार्षिक रूपमा सम्मान गर्ने व्यवस्था मिलाउनुपर्ने तथा खेलकुद गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । 

     
     
     

    तीन दिनसम्म चलेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डीका विभिन्न खेलहरू सम्पन्न भएका थिए । प्रतियोगितामा १२ वटा विद्यालयका करिब ७०० विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

    कार्यक्रममा पर्सागढी नगरपालिका शिक्षा शाखाका प्रमुख कपिल लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

    यसअघि पर्साको ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । तर, अन्य ११ वटा स्थानीय तहहरूले भने प्रतियोगिता सञ्चालनका लागि खासै चासो देखाएका छैनन् ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.