७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज गोल्डकप : चर्च ब्वाइजलाई २-१ हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश

    • अशोक यादब अशोक यादब
    • today२१ फाल्गुन २०८१

    वीरगञ्ज । भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । 

    Ad
    Ad

    मङ्गलवार वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एपिआई चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । 

    Ad
    Ad

    खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसके पनि ५४ औँ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले पहिलो गोल गरे ।

    Ad
     
     
     

    त्यसको केही समय भित्रै ७६ औ मिनेटमा एपिआई चर्च ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले गोल फर्काए । खेलमा दुवै टिम जितको दाउमा रहे पनि खेलको निर्धारित समयमा थप अतिरिक्त पाँच मिनेट थपिएको थियो । त्यही समयलाई सदुपयोग गर्दै अन्तिम मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले आफ्नो दोस्रो गोल गरेर टिमलाई जिताए । 

    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सुब्बा प्लेयर अफ दि म्याच पनि घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका छन् ।आजको जितसँगै मच्छिन्द्र फुटबल क्लब दोस्रो सेमिफाइनलमा नेपाली पुलिस क्लबसँग भिड्नेछ ।

     
     
     

    प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली वीरगञ्ज युनाइटेडले गरवाल डायमन्ड फुटबल क्लबमाथि १-० को जित हासिल गरेको थियो । त्यस्तै, आइतबारको दोस्रो खेलमा सलहेश फुटबल क्लबले सङ्कटा क्लबलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । सोमबार भएको तेस्रो खेलमा विभागीय टोली समेत रहेको नेपाल पुलिस क्लबले बागमती युवा क्लबलाई २-० ले पराजित गरेको थियो ।  

    मङ्गलवार भएको चौथो खेल जितेसँगै मच्छिन्द्र फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चौथो र अन्तिम टिम बनेको छ ।  बुधवार पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने छ ।

    राष्ट्रिय स्तरका ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर प्राप्त गर्नेछन् । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित यो प्रतियोगितामा सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपीएफ चर्च ब्वाइज, सलहेश, बागमती युवा र वीरगञ्ज युनाइटेडजस्ता बलिया टिमले सहभागिता जनाएका छन् ।

    आदर्शनगर रङ्गशालामा २ हजार दर्शक अट्ने अस्थायी बाँसको प्याराफिट र थप ३ हजारभन्दा बढी दर्शकका लागि व्यवस्था गरिएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.