२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जितपुरसिमरामा ५१ कुण्डीय गायत्री महायज्ञ सुरु, कलश यात्रामा हजारौँ सहभागी

    • बिराज यादव बिराज यादव
    • today१५ फाल्गुन २०८१

    बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित केराढोका बंगाली बाबा मन्दिरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण महोत्सव सुरु भएको छ । बिहीबारदेखि शुभारम्भ भएको महायज्ञको पहिलो दिन एक हजारभन्दा बढी श्रद्धालुहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको छ । कलश यात्रामा पूर्व मन्त्री जितेन्द्र सोनल, प्रतिनिधिसभा सदस्य एवं नेपाल सरकारका पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    Ad
    Ad
    Ad

     


    महायज्ञ प्रचार–प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाका अनुसार महायज्ञको मुख्य उद्देश्य समाजमा आध्यात्मिक चेतना फैलाउने, शान्ति स्थापनाको मार्ग देखाउने तथा धार्मिक संस्कारको प्रवर्द्धन गर्नु हो । यज्ञ, हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरूसहितको महायज्ञ फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दिन बेलुकी ८ बजे विशेष धार्मिक प्रवचन हुने बताइएको छ ।

    Ad
    Ad
    Ad

     

    महायज्ञको सम्पूर्ण खर्च करिब १२ लाख ९५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महायज्ञ सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागी हुन आयोजक समितिका सचिव अमर यादवले आग्रह गरेका छन् । यस धार्मिक अनुष्ठानले समाजमा नैतिक मूल्य अभिवृद्धि गर्दै धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने विश्वास गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.