१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नवौ संस्करको उपाधि मुनलाईट माविको पोल्टामा

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१४ फाल्गुन २०८१

    वीरगञ्ज । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नवौं संस्करणको उपाधि मुनलाईट माविले उचालेको छ । नारायणी रंगशाला स्थित टीबी साह क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा विद्यासागर माविलाई १७ रनले पराजित गर्दै मुनलाईट माविले यसबर्षको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
    फाईनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको मुनलाईट माविले १७.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो ।

    Ad
    Ad
    Ad


    ११४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको विद्यासागर माविले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । आजको खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेण्ट, बेष्ट व्याटर र बेष्ट बलर पनि मुनलाईट माविका सेराज हवारी भएका छन् ।

    Ad
    Ad
    Ad

     

    त्यस्तै वेष्ट विकेट किपर मुनलाईटका अनुप कुमार, वेष्ट फिल्डर विद्यासागरका दिलराजन यादव र इमार्जिङ प्लेयर विद्यासागरकै जुनैद आलम घोषित भएका छन् । प्रतियोगितामा विद्यासागर दोश्रो र साउथजोन मावि तेश्रो भएका छन् ।
    विजेत खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वनमन्त्री डा.विरेन्द्र प्रसाद महतोले शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दिपक शाक्य, मधेस प्रदेशको नीति आयोगका सदस्य डा.हरिशंकर साह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका पदाधिकारी, तथा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

     

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.