६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नगरले नगरेपछि वाणिज्य संघले सुरू गरेको 'तुलसीपुर सुरक्षित' अभियान

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१३ फाल्गुन २०८१

    गत जेठ ३ गते तुलसीपुर उद्योग वाणिज्य संघमा निर्वाचित हुँदै गर्दा युवा व्यवसायी विनिल केसीले अघि सारेका एजेण्डामध्ये एउटा प्रमुख एजेण्डा ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ थियो।  तुलसीपुरमा विगतमा भए गरेका अपराधका घटनाका कारण तुलसीपुर एउटा असुरक्षित सहर हो भन्ने कतिपयले गलत भाष्य स्थापित गर्न खोजेको हुँदा अध्यक्ष विनिल त्यसलाई चिर्न चाहन्थे। त्यसैले उनले निर्वाचित भएको केही समयको अन्तरालमै इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा १५० सिसीको पल्सल मोटरसाइकल किनेर वाणिज्य संघको तर्फबाट प्रदान गरे। आवश्यक स्रोत साधनको अभाव रहेको प्रहरीको गुनासोको आधारमा उद्योग वाणिज्य संघले इप्रकालाई साइरन जडित त्यो मोटरसाइकल आफैले किनेर हस्तान्तरण गरेको थियो।  जुन मोटरसाइकल प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ ले प्रयोग गर्दै आएको छ। त्यो मोटरसाइकल पाएपछि कहीँकतै घटना वा दुर्घटना हुँदा आपतकालीन रूपमा घटनास्थल पुग्न थप मद्दत गर्दै आएको छ। तुलसीपुर आसपास र बजारको सुरक्षामा मद्दत पुग्दै आएको इप्रका प्रमुख डिएसपी अनिल ठकुरी बताउँछन्। 

     

    Ad
    Ad

    तुलसीपुरको मुख्य बजारलाई थप सुरक्षित बनाउन प्रविधिको प्रयोग उत्तिकै आवश्यक थियो। त्यो कुरा मनन गरी विनिल नेतृत्वको वाणिज्य संघको टिमले प्रहरीसँग थप सल्लाह गर्छ। तुलसीपुर बजारमा जम्मा २० वटा मात्रै सिसी टिभी (क्यामेरा) जडान गरिएको भए पनि तीमध्ये १२ वटा बिग्रिएर काम नगर्ने अवस्थामा छन्। इप्रका तुलसीपुरका अनुसार यतिखेर तुलसीपुर बजारमा जडान गरिएकामध्ये जम्मा ८ वटा सिसिटिभी मात्रै चालु अवस्थामा छन्।  सिसिटिभी क्यामेरा कुनै पनि घटना–दुर्घटना वा अपराधका घटना अध्ययन तथा विश्लेषण गर्न मात्रै नभई दोषीसम्म पुग्न सजिला माध्यमहरू साबित भइसकेका छन्। माघ १३ गते मध्यराति तुलसीपुरस्थित एनएमबि बैंकमा चोरी गर्ने उद्धेश्यले प्रवेश गरेका तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी पक्राउ परेका थिए। उनी सटरको ताला तोडेरभित्र प्रवेश गरी थप तोडफोड गर्दै गर्दा मध्यरातिमै पक्राउ परेका थिए। चौधरी बैंकभित्र प्रवेश गरेको कुरा बैंकले आफ्नो सुरक्षार्थ जडान गरेको सिसिटिभी लगायत थप प्रविधिकै कारण सम्भव भएको थियो। 

     

    Ad
    Ad

    तुलसीपुर मस्त सुतिरहेको समयमा चोरीको उद्धेश्यसहित सन्तोष बैंकभित्र प्रवेश गरेको सूचना प्रहरीले छिमेकी वा तुलसीपुरबासीबाट हैन, काठमाडौंस्थित बैंकको केन्द्रीय कार्यालयबाट पाएको थियो। रातिमा बैंकको सुरक्षार्थ गार्डहरू नराखे पनि उक्त बैंकले जडान गरेको प्रविधिका कारण केन्द्रमा पुगेको सन्देशका कारण बैंक मोनिटरिङ गर्ने टिमले मध्यराति कोही व्यक्ति भौगोलिक रूपले झन्डै साढे ४ सय किलोमिटर टाढाको तुलसीपुरस्थित आफ्नो बैंकको शाखामा प्रवेश गरी चोरीको प्रयार गरिरहेको सूचना जिल्ला प्रहरी कार्यालयलाई दिएको थियो। बैंकको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङले २४ किलोमिटर टाढाको इप्रकालाई तत्काल बैंकको शाखा कार्यालयमा जान निर्देशन दिएको थियो।  त्यसरी सूचना प्राप्त गरी पुगेको प्रहरीले तत्कालै सन्तोषलाई बैंकभित्रै तोडफोड गरिरहँदा नियन्त्रणमा लिएको थियो। अपराध अनुसन्धानमा प्रविधिको प्रयोग कति उपयोगी छ? भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। 

     

    Ad


    सोही तथ्यलाई मनन गर्दै उद्योग वाणिज्य संघले बिग्रिएर काम गर्न छोडेका तुलसीपुर बजारका १२ वटा क्यामरा मर्मत गरी हप्ता दिनभित्रै पुनः सञ्चालन गर्ने अभियान सुरू भइसकेको वाणिज्य संघका अध्यक्ष विनिलले बताए।  बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका ती सिसिटिभीहरू मर्मत गरी पुनः सञ्चालन गराउने अभियानका लागि वाणिज्य संघले आफू मातहतका विभिन्न वस्तुगत समिति (किराना व्यवसायी समिति, फेन्सी व्यवसायी समिति) लगायतसँग सर सल्लाह गरी आर्थिक जोहो गर्ने नीति अख्तियार गरेको छ।  साथै तुलसलीपुर क्षेत्रमा रहेका झन्डै २० वटा बैंक तथा वित्तीय संस्थासँग छलफल र पत्राचार गरी ती संस्थाहरूको सामाजिक उत्तरदायित्व कोष अन्तरगतको राशी सिसी टिभी खरिद तथा जडानका लागि सहयोग गर्न आह्वान यसअघि नै गरिसकेको थियो। बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिसँग छलफलपछि वाणिज्य संघले उनीहरूलाई आधिकारिक रूपमा आह्वान गर्दै पत्रचार पनि यसअघि नै गरिसकेको छ। त्यसैको फलस्वरूप तुलसीपुरस्थित मुक्तिनाथ विकास बैंकले भदौ १२ गते ५१००० रुपैयाँको चेक वाणिज्य संघको कार्यालयमा पुगेर हस्तान्तरण गरिसकेको छ।

     

    तुलसीपुरमा रहेका अन्य बैंकले पनि वाणिज्य संघको पत्रलाई आत्मसाथ गर्दै आ–आफ्ना केन्द्रीय कार्यालयमा पत्राचार गरी स्वच्छिक रूपमा सहयोग गर्ने अभियान सुरू गर्ने जानकारी दिएका छन्। प्रविधिको उपयोग गरी तुलसीपुरलाई थप सुरक्षित बनाउन थप ३२ वटा सिसी टिभीहरू जडान गर्न आवश्यक रहेको इप्रका तुलसीपुरले रिपोर्ट तयार पारी वाणिज्य संघलाई दिएको छ। त्यति सिसिटिभी जडान गर्न झन्डै २१ लाख जति रकम आवश्यक पर्ने हुँदा त्यसको जोहोका लागि वाणिज्य संघले आफ्ना वस्तुगत समितिका साथै तुलसीपुरबाट सेवा प्रवाह गर्दै आएका बैंकहरूसँग हातेमालो सुरू गरेको अध्यक्ष विनिलले बताए।  वाणिज्य संघले त्यसका अलावा तुलसीपुर बजारमा सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्थाहरूलाई अर्को त्यस्तै प्रस्ताव पनि पठाएको छ। हालसम्म बैंकहरूले आफ्नो आन्तरिक सुरक्षा वा निगरानीको लागि मात्रै प्रविधि (सिसिटिभी) जडान गर्दै आएका भए पनि वाणिज्य संघले हरेक बैंकलाई आफ्नो कार्यालय रहेको ठाउँमा अनिवार्य रूपमा बाटोको दुबै क्षेत्र (दाँया–बाँया) झन्डै ५० मिटरको दुरीको अवस्था स्पष्ट रेकर्ड वा कैद गर्न सक्ने गरी बैंककै स्वामित्व तथा मोनिटरिङमा रहने गरी दुई–दुई वटा सिसिटिभी क्यामेरा जडान गर्नका लागि पत्राचार पनि गरेको छ। वाणिज्य संघको यो प्रस्तावमा पनि यहाँबाट सेवा प्रवाह गर्दै आएका सबै बैंकका प्रतिनिधिहरू सहमत भई त्यो अभियान पूरा गर्न सुरू गरिसकेका छन्। 

     

    वाणिज्य संघको प्रस्तावमा सबभन्दा पहिला एनआइसी बैंकले आफ्नो कार्यालय बाहिरको  झन्डै ५० मिटरको दुरीको अवस्था स्पष्ट रेकर्ड वा कैद गर्न सक्ने सिसी टिभीहरू जडान गरेको थियो। सिद्धार्थ बैंक र नबिल बैंकले पनि सोही प्रकृतिका सिसी टिभी तत्काल जडान गर्ने बेहोरासहितको पत्र वाणिज्य संघका पठाइसकेका छन्। सिद्धार्थ बैंकका शाखा प्रमुख किरण आचार्यले वाणिज्य संघले अघि सारेको ‘सुरक्षित तुलसीपुर’ बनाउने अभियान निकै सकारात्मक रहेको हुँदा आफूले पनि वाणिज्य संघको पत्र केन्द्रमा पत्राचार गरिसकेको बताए।  बैंकले कमाउने मात्रै हैन, समाजका लागि केही योगदान पनि गर्नुपर्छ भन्ने वाणिज्य संघका अध्यक्षज्यूको प्रस्ताव तुलसीपुरका सबै बैंकका प्रतिनिधिहरू शतप्रतिशत सहमत छौं,’ उनले भने,‘मुक्तिनाथले हिजो नै वाणिज्य संघलाई एकाउन्न हजारको चेक हस्तान्तरण गरिसक्यो, अब छिट्टै सिद्धार्थ बैंक पनि  सुरक्षित तुलसीपुर बनाउने त्यो अभियानमा जोडिने छ।’  म्यानेजर आचार्यले तुलसीपुर उपमहानगरपालिकाले गर्नुपर्ने काम उसले वास्ता नगरे पनि वाणिज्य संघले पहल थाल्नु निकै सकारात्मक मान्नु पर्ने बताए।

     

    इप्रका तुलसीपुरका प्रमुख डिएपी अनिल ठकुरीले तुलसीपुरमा थप सिसी टिभी जडानका उपमहानगरका प्रमुख टीकाराम खड्कालाई आग्रह गर्दा काम नभइरहँदा वाणिज्य संघले त्यसको पहल कदमी लिनु उच्च कोटीको काम हुन थालेको बताए।  मेयर खड्काले पनि वाणिज्य संघले थालेको ‘तुलसीपुर सुरक्षित’ पार्ने अभियान सुरक्षाको दृष्टिकोणबाट नियाल्दा निकै सकारात्मक भएको भन्दै उपमहानगरको तर्फबाट वाणिज्य संघलाई जे अभियान सुरू गरेको छ त्यसमा थपेर सहयोग हुने बताए।  उहाँहरूले गरेको काम ठिक छ,’ उनले भने, ‘व्यावसायिक क्षेत्रको सुरक्षाको लागि गरिने कामलाई बेठिक भन्न मिलेन नि।’ यो काम गर्ने दायित्व नगरपालिकाको अलि बढी हुनुपर्ने हैन र? भनेर सोध्दा – मेयर खड्काले ‘तुलसीपुर सुरक्षित’ पार्ने अभियान जसले सुरू गरे पनि हुने प्रतिक्रिया दिए।  उपमहानगरसँग बजेटको अभाव भएर सिसिटिभी जडानको काम नभएको हो कि? भनेर सोध्दा– मेयर खड्काले बजेको अभाव नरहेको बरू कसैले पनि त्यस्तो प्रस्ताव लिएर आफूकहाँ नआएको बताए।  हालसालै उपमहानगरले ६ करोड रुपैयाँ जम्मा गरेको हुँदा बजेटको अभाव नरहेको उनले बताए। त्यस्तै, उनले २० करोडभन्दा माथि राजस्व संकलन भइसकेको पनि जानकारी दिए।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.