६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रक्षा बजेट कटौती गर्ने ट्रम्पको सुझावमा पुटिन सहमत, चीन असहमत

    • संजय कुशवहा संजय कुशवहा
    • today१३ फाल्गुन २०८१

    बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन् । यद्यपि, चीनले आफ्नो रक्षा खर्च ‘पूर्णतया आवश्यक’ भएको बताएको छ । रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ । यता, एशिया–प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीनले सधैं शान्तिपूर्ण विकासको मार्गमा निष्ठापूर्वक अडिग रहँदै आएको छ ।’

     

    Ad
    Ad

    उनले अगाडि थपे, ‘राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितको रक्षा गर्न र विश्व शान्ति कायम गर्न सीमित प्रतिरक्षा खर्च पूर्णतया आवश्यक छ ।’ चीन हतियारको होडबाजीमा छैन’ प्रवक्ता लिनले भने, ‘चीन सँधै समन्वयात्मक आर्थिक र प्रतिरक्षा विकासमा अडिग रहँदै आएको छ र कुनै पनि देशसँग हतियारको होडबाजीमा संलग्न छैन ।’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको एक दिनपछि चीनको यस्तो टिप्पणी आएको हो ।

     

    Ad
    Ad

    पुटिनले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा ५० प्रतिशत कटौती गर्ने ट्रम्पको प्रस्ताव ‘राम्रो विचार’ भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताएका थिए । बेइजिङको विदेश मन्त्रालयले यसै महिनाको सुरुमा ट्रम्पले प्रस्ताव गरेको सैन्य खर्चमा कुनै पनि कटौतीमा संयुक्त राज्य अमेरिकाले ‘अग्रसरता’ देखाउनुपर्ने बताएको थियो। एएफपी

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.