६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एभरेष्ट इन्टरनेशनल स्कुल जापानको नयाँ शाखा विस्तार

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१३ फाल्गुन २०८१

     टोकियो । जापानको टोकियो स्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलले शाखा विस्तार गरेको छ । विद्यालयमा विद्यार्थीको चाप बढेसँगै स्कुलले शाखा विस्तार गरेको हो । एभरेष्ट इन्टरनेशनल स्कुलले नयाँ शाखा टोकियो कै आराकावामा खोलेको हो । उक्त शाखामा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. भुपालमान श्रेष्ठले अनलाइन खबरलाई जानकारी दिए । विद्यालयले आगामी शैक्षिक सत्र अप्रिलदेखि पठनपाठन सुरु गर्ने श्रेष्ठ बताउँछन् । टोकियोको आराकावा कु नर्सरी, केजी, युकेजी (किन्डरगार्टेन अर्थात् ३ देखि ६ वर्ष उमेरसमूह) का बालबालिकाका लागि टोकियोमा नै सबैभन्दा बढी अनुदान पाउने कु मा पर्छ । उक्त अनुदान पाउने प्रक्रियामा विद्यालय गइसकेको विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले जानकारी दिए । यो अनुदान पाउनका लागि ६ देखि ८ महिनासम्म लाग्न सक्छ । अनुदान पाइसकेपछि विद्यार्थीको मासिक शुल्क अनुदानले परिपूर्ति गर्नेछ’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘अनुदान नपाउनजेलसम्मका लागि नर्सरी, केजी, युकेजीको मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था विद्यालयले गरेको छ ।’ कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको शुल्कमा पनि विशेष छुटको व्यवस्थासहित भर्ना शुल्कमा ५० प्रतिशत छुट गरिने प्रधानाध्यापक भट्टले जानकारी दिए ।

     

    Ad
    Ad


    विद्यालयले तीन तले भवन भाडामा लिएर कक्षा सञ्चालनमा ल्याएको हो । उक्त भवन २ सय जना विद्यार्थी क्षमताको रहेको छ । जापानको टोकियोमा नेपाली विद्यार्थीको चाप बढेसँगै एभरेष्ट इन्टरनेशनल स्कुलमा भर्ना हुन चाहाने विद्यार्थी पनि बढेकाले विद्यालयले शाखा विस्तार गरेको जनाएको छ । आराकावा क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । आराकावा बाहिरबाट जाने विद्यार्थीहरुका लागि बसको समेत ब्यवस्था गरिने स्कुल प्रशासनले जनाएको छ । साथै माछिया स्टेशनबाट १० मिनेट पैदलमा स्कुल पुग्न सकिने भएकाले ट्रेनमा यात्रा गर्ने विद्यार्थीलाई पनि सहज हुने विद्यालयका प्रधानाध्यापक भट्ट बताउँछन् ।

     

    Ad
    Ad

    एभरेष्ट इन्टरनेशनल स्कुलको हाल ओकुबोमा किन्डरगार्टेन (एभरेष्ट किड्स), आशागायामा कक्षा १ देखि कक्षा ३ सम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ कक्षासम्म पढाइ भइरहेको छ । सन् २०१३ बाट टोकियोमा सञ्चालनमा आएको एभरेष्ट स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपालबाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । विद्यालयमा नेपाली पाठ्यक्रम अनुसार अध्ययन गर्न नेपालीसँगैै जापानी, इन्डियन र जाम्बियाका विद्यार्थी पनि आउने गरेका छन् ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.