३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ फाल्गुन २०८१

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत् खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पाल्र्यामेन्टको निर्वाचन हो । राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्ति विकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ,’ उनले भने ।

    Ad
    Ad
    Ad

     

    त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘तपाईँहरू जित्ने गरी स्ववियु तयारीमा जुट्नुहोस् । विद्यार्थीहरूको मन जित्ने काम गर्नुहोस् । पार्टी पूर्णरुपले नेविसंघको साथमा छ । कांग्रेस र यसका भ्रातृ संस्थाले तपाईँहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्,’ उनले भने । वैधानिक रूपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्व विद्यालय र सरकार थप गम्भीर भएर काम गर्न आवश्यक रहेको उनले बताएका छन् । कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएको खण्डमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ ।

    Ad
    Ad
    Ad

    ‘

    विद्यार्थी नेता र विद्यार्थीको हकहितका लागि काम गर्ने संस्था स्ववियुको निर्वाचन प्रभावित हुनु हुँदैन । यसमा विश्व विद्यालय र सरकार गम्भीर हुनुपर्छ। निर्वाचन कुनै बहानामा प्रभावित भएमा हामी कडा प्रतिवाद गर्ने छौँ,’ उनले भने । समयमै नयाँ नेतृत्व चयन हुँदा त्यसमा ऊर्जा भरिएको हुने र क्याम्पस तथा विद्यार्थीको हकका लागि निकै लाभदायक हुने उनको भनाइ छ। ‘स्ववियुका माध्यमले नयाँ नेतृत्व चयन हुने र शिक्षामा गुणस्तरियता कायम गर्न सहयोग समेत पुग्ने भएकाले ,देशमा परिवर्तनको संवाहक बन्न, योग्य नेतृत्व लिन आकांक्षा बोकेर देशभर छरिएका साथीहरू लाई चुनावमा होमिनुहोस् । स्ववियु जितेर तपाईँहरू नवीन ऊर्जाका साथ काम गर्नुहोला,’ उनले भने। लोकतान्त्रिक मुलुकमा वैधानिक रुपले तोकिएकै समयमा चुनाव हुन आवश्यक रहेको समेत महरले औँल्याएका छन्। यस्तो हुन सके मात्र प्रजातन्त्र र लोकतन्त्र बलियो हुने उनको भनाइ छ।

    Ad
    Ad
    Ad
    Ad

     

    त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरि सकेको छ। निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ। उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.