६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा ‘शिव सन्देश शान्ति पद यात्रा’ भव्य रूपमा सम्पन्न

    • दिपक सिंह दिपक सिंह
    • today१३ फाल्गुन २०८१

    वीरगञ्ज । शान्ति र एकताको सन्देश बोकेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगञ्जमा आयोजना गरेको ‘शिव सन्देश शान्ति पद यात्रा’ भव्य रूपमा सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका – ४ बिर्तास्थित ॐ शान्ति भवनबाट सुरु भएको ‘शिव सन्देश शान्ति पद यात्रा’ सहरको मुख्य केन्द्रहरू घण्टाघर, मुर्लीलगायत विभिन्न क्षेत्रको परिक्रमा गर्दै छपकैयास्थित विश्व दर्शन भवनमा पुगेर समापन भएको थियो ।  

     

    Ad
    Ad

    पद यात्रा ८९औँ त्रिमूर्ति शिव जयन्तीको अवसरमा आयोजना गरिएको थियो आयोजकहरूले जनाएका छन् । भगवान् शिवको धर्तीमा अवतरण भएको ८८ वर्ष पूरा भई ८९औँ वर्षमा प्रवेश गरेको उत्सवलाई चिन्हित गरेको केन्द्रकी मुख्य सञ्चालक रबिना दिदीले बताइन । रबिना दिदी कै नेतृत्वमा आयोजित पद यात्रामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल र वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानुलगायतका विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए ।  

     

    Ad
    Ad

    केन्द्रका बिके गोकुल गुबाजुका अनुसार पद यात्राको उद्देश्य वीरगञ्जसहित सम्पूर्ण राष्ट्रमा शान्ति, सद्भाव र एकता कायम गर्नु रहेको थियो । “शिव परमात्मालाई शङ्कर, पार्वती र समस्त आत्माहरूको एक मात्र पिता मानिन्छ । उहाँको सोही सन्देश जनजनसम्म पुर्‍याउन हामीले यो कार्यक्रम गरेका हौँ,” उनले भने ।  

     

    Ad

    उनले भोलि बिहान साढे ७ बजेदेखि छपकैयाको विश्व दर्शन भवनमा शिवरात्रिसम्बन्धी आध्यात्मिक प्रवचन र शिव ध्वजा रोहण कार्यक्रम हुने जानकारी पनि दिए ।पद यात्रामा समाजसेवी प्रकाश थारु, भक्तजन र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले वीरगञ्जमा शान्ति र अध्यात्मको सन्देश फैलाउन महत्त्वपूर्ण योगदान दिएको सहभागीहरूले बताए ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.