२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्व एआईजी विजयलाल कायस्थको वीरगञ्जमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१३ फाल्गुन २०८१

    वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विजयलाल कायस्थको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रम वीरगञ्जको सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व एआईजी कायस्थ उपस्थित थिए।

    Ad
    Ad
    Ad

     


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व एआईजी कायस्थले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण हुने धारणा राखे।

    Ad
    Ad
    Ad

     

    करिब १९ वर्षअघि पर्सा जिल्ला प्रहरी प्रमुखका रूपमा सेवा गरिसकेका कायस्थले आफ्नो कार्यकालमा वीरगञ्जमा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र स्थापना गरेका थिए। द्वन्द्वकालीन समयमा जिल्लाको सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गरी सुरक्षालाई मजबुत बनाएको योगदानस्वरूप उनलाई सम्मान गरिएको हो।

    Ad
    Ad
    Ad
    Ad

     

    स्वागत समारोहमा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले फुलमाला लगाई कायस्थलाई सम्मानपूर्वक स्वागत गरे।  कार्यक्रममा उपाध्यक्ष जियालाल साह, सचिव दिलीप प्रधान, सल्लाहकार पुरुषोत्तम दुबे लगायतका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.