३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओली सरकारलाई फोहोर उठाउनेहरूको श्राप लाग्ला” - ज्ञानेन्द्र शाही

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१३ फाल्गुन २०८१

    वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले केपी ओली नेतृत्वको सरकारबाट जनताको कहिल्यै पनि भलो नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले गाउँ गाउँमा सिंह गयो तर दरबार गएन भन्दै यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकालगायत देशभरका स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृत रोकेर राखिएको भन्दै आपत्ति जनाए ।

    Ad
    Ad
    Ad

     


    उनले भने, “देशभरका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू ठप्प छन् । काठमाडौँ महानगरपालिकामा आज सरसफाइ गर्ने कर्मचारीहरूले तलब खान पाइरहेका छैनन् । यो ‌ओली सरकारलाई त्यसको पाप लाग्ला । आज मेरो जुम्लामा पनि त्यही हालत छ । ८५ हजार ५५८ कर्मचारी उनीहरूको चाकडी र घरदैलो गर्न नियुक्ति गरिएको हो र? यदि सरकारलाई त्यो कुरा लाग्छ भने अब आउने स्थानीय तहको चुनावमा नगराएर आफ्ना आसेपासे कार्यकर्तालाई टीका लगाएर  अबीर जात्रा गरेर घोषणा गरिदिनुस् ।आज

    Ad
    Ad
    Ad

     

    देशभरका हालत बेहाल बनाइएको छ । यसको घोर भर्त्सना गर्छु। यदि सरकारले यस्तै गरिरहने हो भने स्थानी तहको चुनाव नगराए पनि हुन्छ ।” यस्तै उनले दुर्गमलाई सधैँ दुर्गम बनाइरहने र सुगमलाई सधैँ सुगम बनाइरहने यो वित्तीय समानीकरण अनुदान कटौती भएको बताउँदै सरकारले छिटो उपलब्ध गराउन माग समेत गरे । उनले भने, “सबै स्थानीय तह महानगरपालिका जस्ता हुँदैनन् । कतिपय स्थानीय तह कर्मचारीलाई तलब दिन सक्ने अवस्थामा छैनन् । काठमाडौँ महानगरपालिकालाई बन्धक नबनाइयोस् फोहोर उठाउनेहरूको श्राप लाग्ला यो ओली सरकारलाई ।”

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.