२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरियामा स्थापित मालपोत तथा नापी कार्यालयको चार मन्त्रीले उद्घाटन गर्ने

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१३ फाल्गुन २०८१

    वीरगञ्ज । लामो समयको प्रतीक्षा र सङ्घर्ष पश्चात् अन्ततः पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालयको उद्घाटन समारोह आगामी १५ गते तय भएको छ । सामान्य कामको लागि पनि जिल्लाको सदरमुकाम वीरगञ्ज कुद्नुपर्ने बाध्यता अन्त्य हुने भएपछि जिल्लाको ग्रामीण भेगका जनता पनि हर्षित छन् । तर, सेवा केन्द्र चार-चार जनता मन्त्रीले उद्घाटनका गर्ने घोषणाले स्थानीयहरूबिच हाँसो र आलोचनाको विषय बनेको छ । पोखरिया नगरपालिकाले जारी गरेको सूचना अनुसार सेवा केन्द्रको उद्घाटन नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले गर्ने छन् । 

    Ad
    Ad
    Ad

     

    गुप्ता, यादव र चौरसिया पर्सा निवासी नै हुन् । सेवा केन्द्र उद्घाटन भइरहेको पोखरिया नगरपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको निर्वाचन क्षेत्र पनि पर्छ  । चार मन्त्रीले सेवा केन्द्र उद्घाटन गर्ने घोषणालाई लिएर जिल्लाका बासिन्दाहरूले सरकारको प्राथमिकता र औचित्यमाथि प्रश्न उठाएका छन् । पोखरिया नगरपालिका – ९ सेमरवारी चौकमा हुने समारोहका लागि नगरपालिकाले सम्पूर्ण पार्टी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र सुरक्षाकर्मीलाई निमन्त्रणा गरेको छ । तर, एउटा सामान्य मालपोत र नापी कार्यालयको उद्घाटनमा यति ठूलो सङ्ख्यामा मन्त्रीहरूको सहभागिता आवश्यक छ कि छैन भन्ने बहस सुरु भएको छ ।

    Ad
    Ad
    Ad

     

    “एउटा सानो सेवा केन्द्र खोल्न चार जना मन्त्री चाहिन्छ भने ठूला विकास आयोजनाहरूका लागि त पूरा मन्त्रिपरिषद् नै ल्याउनुपर्ला!” एक स्थानीय समाजसेवीले व्यङ्ग्यात्मक टिप्पणी गरे ।\ स्थानीयहरूले चार जना मन्त्रीबाट उद्घाटन गराउने कदमलाई सरकारको ‘देखावटी र खर्चिलो नाटक’को रूपमा आलोचना गरेका छन् । “यो त हास्यास्पद छ । मन्त्रीहरूको समय र सरकारी स्रोतको यस्तो दुरुपयोग देख्दा जनताको करको मूल्य के हो भन्ने प्रश्न उठ्छ,” अर्का स्थानीयले भने ।

    Ad
    Ad
    Ad
    Ad

     

    स्थानीयहरूका अनुसार,  मन्त्रीहरूले यस्ता साना कार्यक्रममा भव्य उपस्थिति जनाउनुभन्दा जनताका ठूला समस्यामा ध्यान दिनुपर्ने आवश्यकता छ । विकासको अभाव, बेरोजगारी र आधारभूत सेवाको कमीले आक्रान्त जिल्लाका बासिन्दाहरूले मन्त्रीहरूको यो भव्य प्रदर्शनलाई ‘अनावश्यक तामझाम’को संज्ञा दिएका छन् ।

     

    यसैबिच, नगरपालिकाले भने समारोहलाई ऐतिहासिक र गर्व गर्न लायक अवसरको रूपमा प्रस्तुत गरेको छ । तर, चार मन्त्रीको उपस्थितिले उद्घाटन समारोहलाई सेवाभन्दा पनि राजनीतिक शक्ति प्रदर्शनको मञ्च बनाउने प्रयास भएको स्थानीयको ठहर छ । “यो जनताको सुविधाका लागि होइन, मन्त्रीहरूको प्रचारका लागि हो,” एक स्थानीय पत्रकारले टिप्पणी गरे ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.