६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पश्चिम नवलपरासी तनाव : प्रहरीको गाडी जलाइयो, पाँचजना पक्राउ

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१३ फाल्गुन २०८१

    परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरमा दुई पक्षबिचको झडपले उग्र रूप लिँदा सर्वसाधारण र प्रहरी गरी २१ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुई फरक समुदायका केटाकेटीको प्रेम विवाह सम्बन्धी विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताइएको छ । दुई पक्षबिचको झडपमा परी नेपाल प्रहरीका १२ जना, सशस्त्र प्रहरीका ४ जना र स्थानीयवासी ५ जना गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

     

    Ad
    Ad

    घाइते मध्ये पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर छ। उनको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । यस्तै सोही ठाउँका ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सवरियाको भैरहवामै उपचार भइरहेको छ । अन्य घाइतेको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

     

    Ad
    Ad

    स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र तीन राउन्ड हवाई फायर गरेको थियो । गाडीले ठक्कर दिएको विषयलाई लिएर आज बिहान करिब दश बजेको समयमा विवाद उत्कर्षमा पुगेको थियो । आक्रोशित केटा पक्षको समूहले सोही ठाउँमा रहेको मोहरमको कवाड गोदाम र प्रहरीको गाडी जलाएका छन् ।

     

    Ad

    स्थानीयले बलेको टायर फालेर प्रहरीको गाडी जलाउन थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । आगजनीबाट इलाका प्रहरी कार्यालय महेशपुरको गाडी बा १ झ ७४४८ नम्बरको गाडी जलेर क्षति भएको प्रहरी निरीक्षक थापाले बताए । आगजनीमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.