६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ५० वर्षमा केडिया आँखा अस्पतालले गर्‍यो २७ लाख आँखा जाँच : सेवा एकदम सराहनीय रहेको उपराष्ट्रपति यादव

    • बिराज यादव बिराज यादव
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । उपराष्ट्रपति रामसहाय यादवले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको सेवा एकदम सराहनीय रहेको बताएका छन् । रामकुमार महावीर आँखा अस्पतालको स्वर्ण महोत्वसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन । ५० वर्षमा रामकुमार महावीर आँखा अस्पतालले धेरै राम्रो काम गरेको जनाउँदै उपराष्ट्रपति यादवले अबका दिनहरुमा अझ सशस्त्र भएर सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनका अनुसार अहिलेसम्म अस्पतालको गुणस्तरीय सेवाका छ । यहीकारणले नै होला पर्सा, बारा, रौतहट, मकवानपुरसहित छिमेकी देश भारत विहारबाट पनि आँखा उपचार गराउन विरामीहरु आउने गरेका हुन ।

     

    Ad
    Ad

    आँखा सम्बन्धी १८ प्रकारको उपचार सेवा दिइरहेको आफूलाई खुसी लागेको उपराष्ट्रपति यादवले भनेका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा लामो समयदेखि आँखा अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ, अब यसमा नयाँनयाँ प्रविधिको उपयोग गर्दै लैजानुपर्छ । यसरी विकसित यो अस्पताललाई देशकै नमुना आँखा अस्पताल बनाउन जरुरी छ ।’ विगतमा भएको कमी कमजोरी अब सुधार्दै लैजानुपर्ने अबको आवश्यकता रहेको उपराष्ट्रपति यादवको सुझाव छ ।यसको साथै अस्पतालले प्रदान गर्दै आएको सेवाको गुणस्तरीयतामा समेत सुधार गर्नु जरुरी रहेको उपराष्ट्रपति यादव बताए ।

     

    Ad
    Ad

    उनका अनुसार आँखाको क्षेत्रमा यो अस्पताललाई नमुना बनाइयो भने देशकै नमुना अस्पतालको रुपमा यसको विकास हुनेछ । रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले अहिलेसम्म २७ लाख जनाको आँखाको जाँच गरेको छ भने ४ लाख भन्दा बढी जनाको आँखाको अप्रेसन गरेको छ ।
    अस्पतालका अध्यक्ष परमेश्वरी देवी केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका राजेश केडियाले स्वागत मन्त्ब्य र पत्रकार लक्ष्मी खरेलले कार्यक्रमको संचालन गरेकी थिइन ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.