६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • किन ‘गुमनाम’ छन् रवि लामिछाने ?

    • संजय कुशवहा संजय कुशवहा
    • today१२ फाल्गुन २०८१

    काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण उजुरीका आधारमा कात्तिक–२ मा पार्टी कार्यालयबाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसयता पार्टी कार्यालय फर्किएका छैनन् । पार्टीका कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म कतै पनि उनको सक्रियता देखिँदैन । राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दा कार्यकर्ता र समर्थकबाट वाहवाही कमाउने लामिछाने थुनामुक्तपछि गुमनाम छन् ।  लामिछानेको अनुपस्थितिमा पार्टी कार्यवाहकहरूले चलाइरहेका छन् । कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल (डीपी), कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता मनिष झा पार्टी गतिविधिमा सक्रिय देखिन्छन् । 

     

    Ad
    Ad

    पार्टी कार्यवाहकको नेतृत्वमा छ । तर, संसदीय दलको नेता तोकिएको छैन ।  सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा छ । सांसद पदबाट निलम्बन फुकुवाका लागि उनले सभामुख देवराज घिमिरेलाई संसदको नयाँ अधिवेशनको पहिलो बैठक बस्ने दिन गत माघ १८ गते निवेदन दिएका थिए ।  सँगै उनले संसदीय दलको नेतामा निरन्तर रहने मनसाय देखाएका थिए ।  सभामुखसमक्ष निवेदन पेश गरेकै दिन सदनमा उपसभापति डा. स्वर्णिम वाग्लेले निलम्बन फुकुवा नभए कानुनी उपचारमा जाने घोषणा गरेका थिए । तर, लामिछाने कानुनी उपचारमा गएका छैनन् । 

     

    Ad
    Ad

    कार्यवाहक महामन्त्री बुर्लाकोटी भन्छन्, ‘‘सभापति लामिछाने कात्तिक–२ मा पार्टी कार्यालयबाटै पक्राउ परेपछि फेरि फर्किनु भएको छैन । पार्टीका कार्यक्रम निरन्तर चलिरहेको छ । तर, पार्टी कार्यक्रममा सहभागी पनि हुनु भएको छैन ।’’  उनी सहकारी ठगीमा आफ्नो कुनै संलग्नना नरहेको इन्कारी बयान दिँदै आएका छन् । अदालतको आदेशबाट ठूलै धरौटी बुझाएर तारिखमा रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारी मुद्दामा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख, रुपन्देहीको सुप्रिम सहकारीमा एक करोड र सहारा चितवन सहकारी ठगीमा ५४ लाख धरौटी लामिछानेले बुझाइसकेका छन् । वीरगन्जको सानो पाइला सहकारीका हकमा भने मुद्दा दायर भइसकेको छैन । 

     

    Ad

    लामिछानेले दुई करोड ७७ लाख धरौटी बुझाइसकेका छन् । तर, लामिछानेले सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतको ६५ लाख धरौटी आदेशविरुद्ध मात्र उच्च अदालतमा पुनरावेदन गरेका छन् ।  रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको छ भने लामिछानेका तर्फबाट पुनरावेदन निवेदन परेको छैन ।  सरकारी वकिल कार्यालयले एकै मुद्दामा पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका तत्कालीन संचालक छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने, तर लामिछानेलाई उन्मुक्ति दिन नमिल्ने दाबीसहित गत फागुन १ गते पुनरावेदन गरिसकेको छ ।

     

    के गर्दैछन् लामिछाने ?

     

    लामिछाने अदालतमा हाजिर हुने, हिरासत बस्ने, सुनुवाइमा सहभागी हुने र धरौटी बुझाउनेबाहेक अन्य गतिविधिमा संलग्न देखिएका छैनन् । थुना मुक्तपछि उनको सांसद पद निलम्बित भए पनि पार्टी गतिविधिमा अदालतको आदेशले कुनै प्रतिबन्ध लगाएको छैन । तर उनी पार्टी गतिविधिमा सहभागी देखिँदैनन् ।  कार्यवाहक महामन्त्री बुर्लाकोटी पार्टी नेताहरूकै सुझाव र समझदारीअनुसार लामिछाने घरमै आराम गरिरहेको बताउँछन् ।  “एक चरणको कानुनी प्रक्रिया पूरा नहुँदासम्म पार्टी गतिविधिमा सक्रिय नहुने भनी उहाँ घरमै बसिरहनुभएको छ,” बुर्लाकोटीले बाह्रखरीसँग भने “उहाँ पार्टीका सिनियर नेताहरूसँग भेटघाट गर्नुहुन्छ । पार्टी गतिविधिका विषयमा हामी बिफ्रिङ गर्छौँ, उहाँ आवश्यक राय सुझाव दिनुहुन्छ ।” सामाजिक सन्जालदेखि हरेक ठाउँमा सक्रिय हुने लामिछाने कसरी दिन बिताइरहनु भएको छ त ?’ भन्ने प्रश्नमा बुर्लाकोटी व्यक्तिगत अध्ययनसहितका काम गरेको हुन सक्ने अनुुमान गर्छन् । उनी भन्छन्, ‘‘सामान्य कार्यकर्ता शुभेच्छुकहरूसँग नियमित भेटघाट बन्द छ ।’’

     

    गत कात्तिक २ गते लामिछाने पक्राउ परेपछि सिंगो पार्टी पोखरा पुगेको थियो ।  उनको पक्राउपछि नियमित रूपमा आठ दिन पोखराकेन्द्रित आन्दोलन गरी रास्वपा कात्तिक १० पछि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरी फर्किएको थियो ।  तर, पनि लामिछानेको म्याद थपको दिन पारेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन गर्दै आएको थियो । लामिछानेलाई अदालतमा म्याद थपका लागि उपस्थित गराउँदासमेत शक्ति प्रदर्शन गर्न अन्यत्रबाट पनि नेता/कार्यकर्ता पोखरा पुगेका थिए ।  लामिछाने किन पार्टी क्रियाकलापमा संलग्न छैनन् त ?’ लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपाने एक चरणको अदालती प्रक्रियाले पूर्णता पाएपछि पार्टी गतिविधिमा संलग्न हुने बताउँछन् ।   वीरगंजको सानो पाइला सहकारीको मुद्दा अझै अदालतमा दर्ता भएको छैन,” न्यौपानेले बाह्रखरीसँग भने, “सरकारले त्यहाँ मुद्दा दायर गर्‍यो भने एक चरणको प्रक्रिया पूरा हुन्छ । त्यसपछि उहाँ पार्टी गतिविधिमा सक्रिय हुनुहुनेछ ।” 

     

    के–के हुँदैछन् पार्टी गतिविधि ? 

     

    केही समयअघि पार्टीका नेताहरूका लागि केन्द्रीय कार्यालयमै प्रशिक्षण राखेको रास्वपाले माघ–२ देखि संगठन निर्माण तथा सदस्यता विस्तार अभियान चलाइरहेको छ ।  दुई महिनासम्म चल्ने अभियानमा वडा सम्मेलन तथा अधिवेशन चलिरहेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।  “संगठन निर्माण र सदस्यता विस्तार अभियान चलिरहेको छ । वडातहको सम्मेलन र अधिवेशन चलिरहेको छ,” बुर्लाकोटीले भने, “आगामी १६ गते (यही फागुन १६) देखि पालिका अधिवेशन खोलिने छ । त्यसपछि पालिकाका समिति गठन हुनेछन् ।” उनका अनुसार, मनाङ, मुस्ताङ र डोल्पाबाहेकका ७४ जिल्लामा कार्यसमिति बनिसकेको छ । तीन जिल्लामा संयोजक मात्र तोकिएका छन् । 
     

     

     

     
     

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.