२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ र १७ गते हुने

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१२ फाल्गुन २०८१

    काठमाडौं । नेपाल डोरीतान संघ (नेपाल टग अफ वार एसोसियसन)को आयोजनामा यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता आयोजना हुने भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै संघले भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कूलको खेल मैदानमा प्रतियोगिता आयोजना हुने जनाएको हो । प्रतियोगितामा विभिन्न नगर, जिल्ला र प्रदेश हुँदै छानिएर आएका ७ प्रदेशका सातवटा पुरूष टिम र ३ विभागीय तथा पाँचवटा महिला टिम तथा ३ विभागीय महिला टिम गरि कुल १८ टिमका १६२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

     

    Ad
    Ad

    खेल पुरूषतर्फ ६४ केजी तौल समुह र महिलातर्फ ५८ केजी तौल समुहमा खेलाइने छ । महिलातर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशको टोली सहभागी छैन । प्रतियोगिताको अनुमानित बजेट ३१ लाख रुपैयाँ रहेको जनाइएको छ । महिलातर्फ पहिलोपटक हुन लागेकाले पुरस्कार थोरैबाट सुरु गरेको संघका अध्यक्ष भवानी प्रसाद पाैडेलले जनाए । नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरीतान खेलको विकास, विस्तार र प्रवर्द्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको छ । यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास संघले लिएको छ ।

     

    Ad
    Ad

    प्रतियोगितामा पुरूषतर्फ विजेता टिमले रु १ लाख नगद, उपविजेता टिमले रु ५० हजार प्राप्त गर्ने छन् भने महिलातर्फ विजेता टिमले रु ६० हजार नगद तथा उपविजेता टिमले रु ४० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।  प्रतियोगिताको समापन फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् । पहिलो राष्ट्रिय प्रतियोगिता काठमाडौं र दोस्रो विराटनगरमा सम्पन्न भएको थियो ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.