३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लगातार छैटौं दिन पनि बढ्यो नेप्से, ११ अर्ब बढीको सेयर किनबेच

    • बिशाल यादब बिशाल यादब
    • today१२ फाल्गुन २०८१


    सोमबार पनि नेप्से परिसूचक बढेको छ। अघिल्लो आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। यसदिन नेप्से ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ।  आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  गत कारोबार दिन अर्थात आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब आठ करोडको सेयर कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४६ करोड रूपैयाँ कमी आएको हो।

    Ad
    Ad
    Ad

     


    आज ३१० वटा धितोपत्रको दुई करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच भएको हो। सोमबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८५८ रूपैयाँ २० पैसा कायम भएको छ। 

    Ad
    Ad
    Ad

     

    यस्तै, राप्ती हाइड्रोको मूल्य ९.४७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७०५ रूपैयाँ पुगेको छ।  सोमबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।  उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ७७९ रूपैयाँ १० पैसामा झरेको छ। यस्तै, भूगोल इनर्जीको मूल्य ५.४२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८५ रूपैयाँ कायम भएको छ।  सोमबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९९० रूपैयाँमा ८९ करोड ३५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २२७ रूपैयाँमा ८० करोड ६७ लाख बराबरको सेयर कारोबार भएको छ।   आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।  यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.५० प्रतिशतले बढेको छ।  यस्तै, वित्त समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.