२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लगातार छैटौं दिन पनि बढ्यो नेप्से, ११ अर्ब बढीको सेयर किनबेच

    • मेराज हास्मी मेराज हास्मी
    • today१२ फाल्गुन २०८१


    सोमबार पनि नेप्से परिसूचक बढेको छ। अघिल्लो आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। यसदिन नेप्से ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ।  आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  गत कारोबार दिन अर्थात आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब आठ करोडको सेयर कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४६ करोड रूपैयाँ कमी आएको हो।

     

    Ad
    Ad


    आज ३१० वटा धितोपत्रको दुई करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच भएको हो। सोमबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८५८ रूपैयाँ २० पैसा कायम भएको छ। 

     

    Ad
    Ad

    यस्तै, राप्ती हाइड्रोको मूल्य ९.४७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७०५ रूपैयाँ पुगेको छ।  सोमबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।  उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ७७९ रूपैयाँ १० पैसामा झरेको छ। यस्तै, भूगोल इनर्जीको मूल्य ५.४२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८५ रूपैयाँ कायम भएको छ।  सोमबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९९० रूपैयाँमा ८९ करोड ३५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

     

    Ad

    यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २२७ रूपैयाँमा ८० करोड ६७ लाख बराबरको सेयर कारोबार भएको छ।   आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।  यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.५० प्रतिशतले बढेको छ।  यस्तै, वित्त समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.