२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समाचार प्रकाशितको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै पत्रकार महासङ्घको विरोध

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ फाल्गुन २०८१

    रौतहट । रौतहटको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेको छ ।डाक्टरले गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवेन्द्र अधिकारीले घटनाको छानबिन गर्न माग गरेका हुन् । देवेन्द्रका अनुसार लालुलाई पेट दुखेर उपचारका लागि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताएका थिए । उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै उनले अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएको देवेन्द्रको भनाइ छ ।

    Ad
    Ad
    Ad

     

    डाक्टर पंकजले आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पु¥याएको देवेन्द्रले बताए । अप्रेसन गरेको केहीबेरमै बिरामीको अवस्था गम्भीर रहेको भन्दै आफूहरूलाई फोन आएको उनले जानकारी दिए ।त्यसपछि आफूले प्रादेशिक अस्पतालका डाक्टर ठाकुरलाई बोलाएर देखाउँदा अक्सिजनसहित एम्बुलेन्समा राखेर नेशनल मेडिकल कलेज वीरगंज लग्न सुझाव दिएको देवेन्द्रको भनाइ छ । शनिबार राति करिब ११ बजे बिरामीलाई नेशनल मेडिकल कलेज पु¥याइएको तर डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरेको उनले बताए ।

    Ad
    Ad
    Ad

     

    उपचारमा संलग्न डाक्टर फिरोज अन्जुम, पंकज साहसहितको टीम सम्पर्कविहीन रहेको भन्दै देवेन्द्रले घटना शंकास्पद रहेको जिकिर गरेका छन् । उनले घटनाको छानबिन गर्न माग गर्दै दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाही हुनुपर्ने बताएका छन् ।प्रादेशिक अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अप्रेसनका लागि प्रादेशिक अस्पतालबाट बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने नै अनुसन्धानको विषय भएको बताए । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटनाका सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्न लागिएको बताए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.