२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु, घटनाको छानबिन गर्न परिवारको माग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ फाल्गुन २०८१

    रौतहट । रौतहटको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेको छ । डाक्टरले गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवेन्द्र अधिकारीले घटनाको छानबिन गर्न माग गरेका हुन् । देवेन्द्रका अनुसार लालुलाई पेट दुखेर उपचारका लागि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताएका थिए । उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै उनले अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएको देवेन्द्रको भनाइ छ ।

     

    Ad
    Ad

    डाक्टर पंकजले आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पु¥याएको देवेन्द्रले बताए । अप्रेसन गरेको केहीबेरमै बिरामीको अवस्था गम्भीर रहेको भन्दै आफूहरूलाई फोन आएको उनले जानकारी दिए । त्यसपछि आफूले प्रादेशिक अस्पतालका डाक्टर ठाकुरलाई बोलाएर देखाउँदा अक्सिजनसहित एम्बुलेन्समा राखेर नेशनल मेडिकल कलेज वीरगंज लग्न सुझाव दिएको देवेन्द्रको भनाइ छ । शनिबार राति करिब ११ बजे बिरामीलाई नेशनल मेडिकल कलेज पु¥याइएको तर डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरेको उनले बताए । उपचारमा संलग्न डाक्टर फिरोज अन्जुम, पंकज साहसहितको टीम सम्पर्कविहीन रहेको भन्दै देवेन्द्रले घटना शंकास्पद रहेको जिकिर गरेका छन् । उनले घटनाको छानबिन गर्न माग गर्दै दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

     

    Ad
    Ad

    प्रादेशिक अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अप्रेसनका लागि प्रादेशिक अस्पतालबाट बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने नै अनुसन्धानको विषय भएको बताए । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटनाका सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्न लागिएको बताए ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.