५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अझै खुलेन तिलावे खोलामा मृत फेला परेकी महिलाको पहिचान, प्रहरीले माग्यो स्थानीयको सहयोग

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाई नगरपालिका–४ स्थित तिलावे खोलामा मृत अवस्थामा फेला परेको एक महिलाको शवको पहिचान र घटनाको अनुसन्धानमा सर्वसाधारणको सहयोगको अपिल गरेको छ । गत फागुन १० गते तिलावे खोलामा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको थियो । मृतकको नाम, ठेगाना र पहिचान अहिलेसम्म खुल्न सकेको छैन । मृतक महिला करिब २०/२५ वर्षकी रहेको प्रहरीको अनुमान छ । प्रहरीले मृतकको हुलिया पनि सार्वजनिक गरेको छ, जसमा उनको वर्ण गहुँगोरो, हरियोमा सेतो रङ मिसिएको जम सुट लगाएको, मझौला शरीर भएको, उचाइ ५ फिट १ इन्च रहेको, हातखुट्टामा गुलाबी नेल पोलिस र दाहिने हातमा रक्षा सूत्र (डोरी) लगाएको, साथै कपाल बाक्लो र लामो भएको उल्लेख छ ।

     

    Ad
    Ad


    जिल्ला प्रहरी कार्यालय पर्साले घटनालाई सम्भावित हत्याको प्रकरण मानेर अनुसन्धान तीव्र बनाएको छ । घटनाबारे ७७ वटै जिल्ला प्रहरी कार्यालय, प्रहरी परिसर र सीमावर्ती भारतीय क्षेत्रहरूमा समेत हुलिया परिपत्र गरिएको भए पनि हालसम्म मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले मृतकको फोटो, कपडा र अन्य प्रमाणहरू सार्वजनिक गर्दै अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीले विशेष रूपमा आफ्नो परिवारका सदस्य, आफन्तजन वा साथीभाइ हराइरहेकाको अवस्थामा, घर वा कोठामा डेरा गरी बस्ने व्यक्ति सम्पर्कमा नरहेको अवस्थामा, कुनै उद्योग, कलकारखाना, कम्पनी, पसल वा कार्यालयमा काम गर्ने व्यक्ति/कामदार सम्पर्कमा नआएको अवस्थामा, सँगै काम गर्ने साथीभाइ सम्पर्कमा नआएको अवस्थामा र  घटनाबारे कुनै जानकारी भएमा सम्पर्क गर्न आग्रह गरेको छ ।

     

    Ad
    Ad


    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले भने, “यो रहस्यमयी घटनाको अनुसन्धानमा स्थानीय समुदायको सहयोग बिना पूर्णता पाउन सम्भव छैन । मृतकको पहिचान वा घटनासँग जोडिएको कुनै पनि सूचना भए तुरुन्त प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ ।”  सूचना दिन चाहनेले नजिकको प्रहरी कार्यालय, प्रहरी हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्ष (९८५५०९०१३६/९८५५०९०३२९) मा सम्पर्क गर्न सक्नेछन् । प्रहरीले सूचनादाताको गोपनीयता कायम राख्ने प्रतिबद्धता पनि जनाएको छ । 

     

    Ad

    घटनाले स्थानीय समुदायमा चिन्ता र कौतुहलता बढाएको छ। प्रहरीले शीघ्र र प्रभावकारी अनुसन्धानका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेको छ । प्रहरीले यो जानकारी सामाजिक सञ्जालमा सेयर गरी अनुसन्धानमा सहयोग गर्न पनि हार्दिक अनुरोध गरेको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.