५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा प्रहरी र होटल व्यवसायीबीच अन्तरक्रिया, मर्यादित ढंगले व्यवसाय गर्न एसपी मिश्रको आग्रह

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । होटल व्यवसायलाई मर्यादित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको क्लासिक बैंक्वेटमा आयोजित उक्त कार्यक्रममा होटल व्यवसायी, प्रहरी प्रशासनका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले होटल व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरूलाई सचेत गराउने योजना रहेको बताए । उनले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रावधानअनुसार सबै मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औल्याए । प्रक्रिया पूरा गरेपनि बेलाबेला सुरक्षाकर्मीहरुले अनावश्यक दुःख दिने गरेको गुनासो गर्दै अध्यक्ष पन्तले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । गलत र अनैतिक गतिविधि गर्नेको पक्षमा संघले पनि साथ नदिने स्पष्ट पार्दै उनले निर्दाेशलाई दुःख दिने प्रवृतिको अन्त्य हुनुपर्ने धारणा राखे । 

     

    Ad
    Ad

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले वीरगञ्जका होटल तथा स्पा व्यवसायीले कानूनको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले जथाभावि रुपमा सञ्चालन हुने टाटा सुमोको व्यवस्थापनदेखि अनैतिक गतिविधिहरू नियन्त्रणबारे प्रहरी प्रशासन गम्भीर रहेको जानकारी दिए । स्पा तथा मसाज सेन्टरहरूको विषयमा विशेष छलफल भएको कार्यक्रममा केही व्यवसायीहरूले सञ्चार माध्यममा आएको समाचारका कारण भवनको भाडा समेत तिर्न कठिन भएको गुनासो गरेका थिए । यस्तै, स्पाले सरकारले निर्धारण गरेका मापदण्ड पालना गर्नुपर्ने, दर्ता र कर तिर्ने प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारिएको थियो ।

     

    Ad
    Ad

    अन्तरक्रियामा होटल व्यवसायी एवम् समाजसेवी पशुपति विक्रम शाह, उशा शाह, यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफ, रोशन गुप्ता, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, पत्रकार युवराज खड्का, सुनिल खेतान लगायत वीरगञ्जका होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा होटल तथा स्पा व्यवसाय सञ्चालनमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । कार्यक्रमको सहजीकरण होटल सिटी ईनका सञ्चालक दिलिपराज कार्कीले गरेका थिए । 

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.