२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गर्‍यो चार निर्णय

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१२ फाल्गुन २०८१

     फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले आन्दोलनको कार्ययोजनासहित चारवटा निर्णय पारित गरेको छ। बैठकमा २९८ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको महासचिव घनश्याम भूसालले जानकारी दिए। बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना र पार्टीका तात्कालिक संगठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल गरेको उनले बताए। छलफलमा १७६ केन्द्रीय सदस्यले भाग लिएका थिए। केहीले लिखित सुझाव पेश गरेको उनले बताए।

    Ad
    Ad
    Ad

     

    बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ। सरकार नालायक र दमनकारी बन्दै जाने, सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्ययोजनाका रूपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भूसालले बताए।

    Ad
    Ad
    Ad

     

    बैठकले पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको भूसालले बताए। केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरु सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको पनि भूसालले  जानकारी दिए।
    केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा पार्टीको धारणाका रुपमा २० वुँदे प्रस्ताव पनि पारित गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.