५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जका होटल तथा स्पाहरुलाई मर्यादित बनाउन व्यावसायी र प्रहरीको पहल शुरु

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today११ फाल्गुन २०८१

    ,वीरगञ्ज । वीरगंजका होटल र मसाज केन्द्रहरुलाई ब्यबस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायी संघ पर्साले संयुक्त रुपमा पहल शुरु गरेका छन् । आज स्थानीय क्लासिक वंक्वेटमा वीरगन्जका होटल तथा रेस्टुरेण्ट र मसाज केन्द्रका सञ्चालकहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायी संघ पर्साले ‘मर्यादित होटल ब्यावसाय सन्चालनमा ब्यबसायी र प्रहरीको भूमिका’ को विषयमा अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरकृयामा होटल तथा मसाज सेन्टरहरु मर्यादित रुपमा सञ्चालन गर्न सबैपक्षको सकारात्मक भूमिका आवश्यक रहने बताएका छन् ।

     

    Ad
    Ad

    होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले कुनैपनि व्यावसाय सञ्चालन पैसा कमाउनका लागि मात्रै होईन त्यसको समाजिक मान्यता र मर्यादालाई पनि ख्याल गर्नुपर्ने भएकोले होटल व्यावसायीहरु त्यसतर्फ सचेत रहेको बताए । उनले मर्यादित पेशा व्यावसायका लागि प्रहरीको सहकार्यले समस्या समाधानमा कोशे ढुङ्गा साबित हुने बताए । उनले २१ औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलका कोठा कोठा चाहरेर नभई महत्वपूर्ण समय बर्बाद नगर्न समेत उहाँले सुझाव दिए । त्यसैगरि पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल व्यावसायीहरुको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न आग्रह गर्दै त्यस्तो गतिविधि गरेमा कारवाही गर्ने चेतावनी दिए ।

     

    Ad
    Ad

    उनले सबै नागरिकले राज्यको कानून जान्नुपनि पर्ने र मान्नु पनि पर्ने बताउदै कानून नजान्नेलाई पनि अपराध गर्न छुट नहुने बताए । आफू पर्सा आएपछि अवैध गतिविधिमा संलग्न वीरगन्जका ४ जना होटल व्यावसायीलाई मानव बेचबिखानको मुद्दा चलाएको समेत जानकारी दिए । ७० जनाभन्दाबढी होटल ब्यबसायीहरुको उपस्थिति रहेको कार्यक्रमको खुला सत्रमा अधिकांश होटल व्यवसायीहरुले आ–आफ्नो समस्याहरु राख्ने क्रममा होटल व्यावसायीहरुमाथि कतै कतै अन्याय समेत भएको बताएका थिए ।
    होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका गर्नुभएको थियो ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.