३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एमसीसी पास गर्दा कांग्रेस–माओवादी सरकार थियो, म अर्थमन्त्री थिएँ : कार्की

    • रामाशंकर साह रामाशंकर साह
    • today११ फाल्गुन २०८१

     काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन् । अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो ? भन्ने प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र कांग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताएका हुन् । समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसीसी परियोजना अघि बढाएको बताए ।

    Ad
    Ad
    Ad

     

     

    शाहीको प्रश्न- एमसीसीमा हस्ताक्षर गर्ने को ?, कार्कीको जवाफ- म हुँ एक जना माननीयज्यूले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसीसीको बारेमा बोल्नुभयो । एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसीसी अघि बढाउनुभएको थियो,’ उनले भने, ‘एमसीसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो ।’ सरकारको नेतृत्व गर्नेहरू सबैले एमसीसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसीसी अनुमोदन भएको पनि उनले बताए ।

    Ad
    Ad
    Ad

     

    अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरूको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने उनको भनाइ थियो । ‘यि सबै विषयलाई कसरी प्रश्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनेटले त्यसबाट पारित भएका कुराहरू अनुसार नै अघि बढ्ला,’ कार्कीले भने ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.