५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्युठान दम्पती हत्या प्रकरण : आफ्नै भतिजबाट हत्या, समातिए आरोपी

    • संजय कुशवहा संजय कुशवहा
    • today११ फाल्गुन २०८१

    काठमाडौं । प्युठानमा दम्पती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् । उनै पंकजले रातापानीकै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले बताए । हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको डीएसपी बस्यालले बताए । रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।

     

    Ad
    Ad

    छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको देखिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घन समेत फेला पारेको थियो । अपरेशन माण्डवी नाम दिएर अनुसन्धान गरेको प्रहरीले अन्तत २४ घण्टा नबित्दै हत्या आरोपमा पंकजलाई पक्राउ गरेको छ । मृतक परियार दम्पतीका चार छोराहरू रहेकोमा सबै जना वैदेशिक रोजगारीमा भारतका रहेका छन् । तीन छोरीहरू पनि विवाह गरेर दाङमा बस्दै आएका छन् । घरमा परियार दम्पतीमात्रै बस्दै आएका थिए ।

     

    Ad
    Ad

    विवाह गर्न नसकेको भनेपछि हत्या प्रहरीका अनुसार पंकजले आफ्नै काकाको हत्या गर्नुमा विवाह सम्बन्धी विषय जोडिएको डीएसपी बस्यालले अनलाइनखबरलाई बताए । पक्राउ प्रतिवादीको भनाई उद्धृत गर्दै डीएसपी बस्यालले भने, ‘करिब एक हप्ता अघि मात्रै पंकजलाई परियार दम्पतीले अहिलेसम्म पनि विवाह गर्न नसकेको ‘थारो’ भनेका रहेछन् । त्यसैको इगोमा हत्या गरेको देखिन्छ ।’ त्यसैगरी यसअघि पनि उनीहरूबीच विभिन्न विषयहरूमा विवाद भइरहने गरेको पनि पाइएको छ । काकाको घरमा पंकज गइरहने तर उक्त कुरा काकालाई मन नपरेपछि गाली गर्ने र उनीहरूबीच विवाद हुने गरेको बस्याले बताए ।

     

    Ad

    हत्या आरोपमा पक्राउ परेका पंकजले अत्याधिक रक्सी सेवन गर्ने गरेको पनि खुलेको छ । रक्सी सेवन गरेर ९ गते राति साढे १० बजेतिर काकाको घरमा पुगेका थिए । दोस्रो तलाको झ्यालबाट प्रवेश गरी भर्‍याङबाट भुईंतलामा झरेको उनले बताएका छन् । त्यसपछि परियार दम्पती सुत्ने कोठामा गएर ढोकाको छेउमा राखेको घनले दुवै जनाको टाउकामा ३/३ पटक हानेर हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् । प्रहरीले पंकजको घरबाट हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ । हत्यापछि हुकमाको पोटुकामा रहेको २२० रुपैयाँ पनि उनले लगेका थिए । उक्त रकममध्ये २०० रुपैयाँ खर्च गरिसकेको अवस्थामा प्रहरीले २० रुपैयाँ पंकजबाट बरामद गरेको छ ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.