५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • होरा ई-स्पोर्ट्स, औरा, कीर्तिपुर र नो टक वन्ली किल च्याम्पियन

    • संजय कुशवहा संजय कुशवहा
    • today११ फाल्गुन २०८१

    काठमाडौं । होरा इस्पोर्ट्स, औरा, टिम कीर्तिपुर, नो टक वन्ली किल, हृजवान श्रेष्ठ दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा च्याम्पियन बनेका छन् । होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल नेशनल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिवार सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ ।च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्‍यो । टि टु के ले १२१ अंक जोडेको थियो । यस्तै दाई ई-स्पोर्ट्स तेस्रो, होइन ई-स्पोर्ट्स चौथो र डिआरएस गेमिङ पाँचौ भयो ।

    Ad
    Ad
     

    कूल प्राइज राशी २५ लाख रहेको पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार थियो । जसमा विजेता होरा ई-स्पोर्ट्सले नगद २ लाख ५० हजार  र ट्रफी प्राप्त गर्‍यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई ई-स्पोर्ट्सले १ लाख २० हजार पायो ।यस्तै रोएल ड्रागन ई-स्पोर्ट्स छैटौं, जुट्टी ई-स्पोर्ट्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए ।
    अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् ।

     

    Ad
    Ad

    होरा ई-स्पोर्ट्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो । फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो ।मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो ।ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा इस्पोर्ट्स सातौं र डाँफे ई-स्पोर्ट्स आठौं भयो । यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे ।

     

    Ad

    एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।यसैगरी डोटा टु को उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्‍यो । डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो । डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौ, केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याक आठौं भयो । भालोरेन्टको उपाधि नो टक ओन्ली किले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्‍यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे ।

     

    भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भयो । डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । इ फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए । कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ भए । इ स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा यही फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

     

    अन्तिम चरणमा पब्जीमा १६ टिम, ई-फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३-३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए। । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए । दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधामा प्रतिस्पर्धा गराइएको थियो । साथै कबवेब देखि कुमा सागरसम्मको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.