३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नाबालिका हिंसा घटनाबारे अभिलेख महानगरले आयोगलाई बुझायो

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today११ फाल्गुन २०८१

    काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमाले सांसद रेखाकुमारी शर्माले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको घटनाबारे संकलित अभिलेख काठमाडौं महानगरपालिकाले मानवअधिकार आयोगलाई बुझाएको छ । आइतबार दिउँसो महानगर टोली आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर आयोगका सचिव मुरारीप्रसाद खरेललाई उक्त अनुसन्धान फाइल बुझाएको हो ।

    Ad
    Ad
    Ad

     

    फाइल बुझ्दै आयोग सचिव खरेलले मानव अधिकार हनन भएको अवस्थामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गरी आफू अनुकूल बनाउन नहुने, त्यसको मारमा कोही बालबालिका पर्न नहुने तर्फ मानव अधिकार आयोग सचेत रहेको बताउँदै आयोगले निष्पक्ष भई छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।लुम्बिनी प्रदेश सांसद शर्माले नाबालिकालाई बन्धक बनाइ दास बनाएको कसुरमा सरकार पक्षले नै मुद्दा नचलाउने निर्णय भएपछि मानव अधिकार आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेपछि महानगरलाई समेत अनुसन्धानमा जोडेको हो ।, आयोगले अनुसन्धानका क्रममा महानगरको तर्फबाट सम्पादित कार्य, प्रतिवेदन लगायत अभिलेख माग गरेको थियो । सोही माग अनुसार महानगरले तीन दिनभित्रै सम्पूर्ण कागजात संलग्न गरी १२० पृष्ठको अभिलेख आयोगलाई पेस गरिएको महानगर प्रमखुको सचिवालय सदस्य धिरज जोशीले जानकारी दिए ।

    Ad
    Ad
    Ad



    एमाले सांसद शर्मालाई मुद्दा नचलाउने राय, महान्यायाधिवक्ता कार्यालय पुग्यो फाइल फाइल बुझाउँदै जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थ जोडिएको भन्दै ‘महानगरपालिका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाइएको’ जानकारी गराए ।\ हालका महान्यायाधिवक्ता रमेश बडालले पीडित बालिकालाई महानगरपालिकाले अपहरण गर्‍यो भनेर दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा पक्षबाट बहस गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

     

    पीडित बालिकाको सरकारी वकिल कार्यालय, काठमाडौ र उच्च सरकारी वकिलको कार्यालय, पाटनको निर्णयले मुद्दा  नचलाउने निर्णय गरेको हो । काठमाडौं महानगरको तर्फबाट बाल कल्याण अधिकारीमार्फत गत ३० जेठमा बालबालिका विरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गरिएको थियो ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.