२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नाबालिका हिंसा घटनाबारे अभिलेख महानगरले आयोगलाई बुझायो

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today११ फाल्गुन २०८१

    काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमाले सांसद रेखाकुमारी शर्माले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको घटनाबारे संकलित अभिलेख काठमाडौं महानगरपालिकाले मानवअधिकार आयोगलाई बुझाएको छ । आइतबार दिउँसो महानगर टोली आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर आयोगका सचिव मुरारीप्रसाद खरेललाई उक्त अनुसन्धान फाइल बुझाएको हो ।

    Ad
    Ad
    Ad

     

    फाइल बुझ्दै आयोग सचिव खरेलले मानव अधिकार हनन भएको अवस्थामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गरी आफू अनुकूल बनाउन नहुने, त्यसको मारमा कोही बालबालिका पर्न नहुने तर्फ मानव अधिकार आयोग सचेत रहेको बताउँदै आयोगले निष्पक्ष भई छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।लुम्बिनी प्रदेश सांसद शर्माले नाबालिकालाई बन्धक बनाइ दास बनाएको कसुरमा सरकार पक्षले नै मुद्दा नचलाउने निर्णय भएपछि मानव अधिकार आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेपछि महानगरलाई समेत अनुसन्धानमा जोडेको हो ।, आयोगले अनुसन्धानका क्रममा महानगरको तर्फबाट सम्पादित कार्य, प्रतिवेदन लगायत अभिलेख माग गरेको थियो । सोही माग अनुसार महानगरले तीन दिनभित्रै सम्पूर्ण कागजात संलग्न गरी १२० पृष्ठको अभिलेख आयोगलाई पेस गरिएको महानगर प्रमखुको सचिवालय सदस्य धिरज जोशीले जानकारी दिए ।

    Ad
    Ad
    Ad



    एमाले सांसद शर्मालाई मुद्दा नचलाउने राय, महान्यायाधिवक्ता कार्यालय पुग्यो फाइल फाइल बुझाउँदै जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थ जोडिएको भन्दै ‘महानगरपालिका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाइएको’ जानकारी गराए ।\ हालका महान्यायाधिवक्ता रमेश बडालले पीडित बालिकालाई महानगरपालिकाले अपहरण गर्‍यो भनेर दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा पक्षबाट बहस गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

     

    पीडित बालिकाको सरकारी वकिल कार्यालय, काठमाडौ र उच्च सरकारी वकिलको कार्यालय, पाटनको निर्णयले मुद्दा  नचलाउने निर्णय गरेको हो । काठमाडौं महानगरको तर्फबाट बाल कल्याण अधिकारीमार्फत गत ३० जेठमा बालबालिका विरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गरिएको थियो ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.