२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुर्गा प्रसाइँ नेतृत्वको नागरिक बचाउ महाअभियानद्वारा वीरगञ्जमा प्रदर्शन

    • बिशाल यादब बिशाल यादब
    • today११ फाल्गुन २०८१

    वीरगञ्ज । दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म सांस्कृतिक नागरिक बचाउ महाअभियान नेपालले वीरगञ्जमा प्रदर्शन गरेको छ । अभियानका मधेश प्रदेश इन्चार्ज सानु पूर्वाछानी मगरको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका समर्थक तथा कार्यकर्ताहरूले विभिन्न नारासहित सहभागिता जनाएका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले “नेपालको व्यापार नेपालीले नै गर्ने हो, ” “नेपालको पैसा नेपालमै राख्नुपर्छ,” “सहकारी पीडितको डुबेको बचत रकम सरकारले जिम्मा लिएर तिर्नुपर्छ, ” “खाडीका जेलहरूमा रहेका ७ हजार नेपाली युवालाई स्वदेश फर्काउन पहल गरिनुपर्छ” लगायतका मागहरू राखेका थिए । महाअभियानले देशव्यापी रूपमा सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आगामी माघ १७ गते पोखरामा पनि अभियानले विशाल प्रदर्शन गर्ने तयारी गरेको छ । यसअघि, काठमाडौँ, धरान, वीरगञ्ज, जनकपुरलगायतका शहरहरूमा प्रदर्शन भइसकेको छ ।

    Ad
    Ad
    Ad

     


    मधेश प्रदेश इन्चार्ज सानु पूर्वाछानी मगरले प्रदर्शनको क्रममा भने, “हाम्रो अभियान देशभक्ति, राष्ट्रियता, धर्म–संस्कृति संरक्षण र नागरिकका अधिकार सुनिश्चित गर्ने उद्देश्यले अघि बढिरहेको छ । सरकारले सहकारी पीडितलाई राहत दिनुपर्छ, खाडी मुलुकमा जेल परेका नेपाली युवालाई स्वदेश फर्काउन पहल गर्नुपर्छ, नेपालभित्रको व्यापारलाई नेपाली नागरिककै हातमा राख्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।”

    Ad
    Ad
    Ad

     

    दुर्गा प्रसाइँ नेतृत्वको अभियानले विभिन्न सामाजिक, आर्थिक र राजनीतिक विषय उठाउँदै आएको छ । सहकारी पीडितको समस्या समाधान, नेपालभित्रको आर्थिक स्रोत बाहिरिने अवस्थालाई रोक्ने, विदेशमा समस्यामा परेका नेपालीहरूलाई उद्दार गर्ने, धर्म–संस्कृतिको रक्षा गर्ने लगायतका विषयमा उनीहरू आन्दोलित छन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    यसअघि, प्रसाइँले काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो अभियानलाई अझ सशक्त बनाउने घोषणा गरेका थिए । उनले सरकारलाई कडा चेतावनी दिँदै भनेका थिए कि “सरकारले आम नागरिकका मुद्दाहरू बेवास्ता गरिरहे देशव्यापी जनसहभागितामा आधारित आन्दोलन चर्काउनेछौं ।”

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.