२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री ओलीका आलोचकलाई ‍राधिकाको जबाफ- गोठालो हुनु गर्वको कुरा हो

    • बिराज यादव बिराज यादव
    • today१० फाल्गुन २०८१

     प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'गोठालो' भनेर आलोचना गर्नेलाई शालिन जबाफ फर्काएकी छन्।  शनिबार काठमाडौंमा आफ्नो आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा शाक्यले सामाजिक सञ्जालदेखि राजनीतिक सहकर्मीहरू समेतले पहिल्यैदेखि प्रधानमन्त्री ओलीलाई 'भैँसी गोठालो' भनेर होच्याउन खोजेको भन्दै त्यसको जवाफ दिएकी हुन्।  उनले गोठालोसँग बिहे गरेकामा आफूलाई गर्व लाग्छ भनेर यसअघि पनि भनेको स्मरण गरिन्। 

    Ad
    Ad
    Ad

     

    'त्यतिबेला पनि मैले एक लाइन भएपनि कोरेको थिएँ। कि एउटा भैँसो गोठालोसँग विहे गरेकोमा मलाई ठूलो गर्व लाग्छ भनेको थिएँ। हिजो आज पनि यस्तै कुराहरू कमेन्ट गरेको देख्छु। नेपाल कृषिप्रधान देश हो। हामी सहर पस्नुभन्दा धेरैले खेतबारी जोत्ने, खन्ने पशुपालन छ भने गोठालो जाने, घाँसपात गर्ने काम सबैले थोरबहुत गरेका हुन्छौं,' उनले भनिन्,' मैले जाने अनुसार केपी सरले पनि घाँस काट्नु भयो होला गोठालो पनि हुनुभयो होला अरू काम पनि गर्नुभयो होला। यो त गर्वको कुरा हो नी।' उनले यो देशका कृषकहरूले तपतप पसिना बगाउँदै आफ्नो खेतबारीमा विभिन्न उत्पादन गरेर सबैलाई दिनरात खाने दाल, भात, तरकारी रोटी उपलब्ध गराईराखेको पनि बताइन्।

    Ad
    Ad
    Ad

     

    उहाँहरू नभएको भए हामी बाँच्दैनथ्यौं होला। उहाँहरू धेरै धन्यवादका पात्र हुनुहुन्छ,' उनले भनिन्। शाक्यले त्यस्ता लाञ्छना लगाउनेहरूलाई  यस्ता नराम्रो कुराहरूमा नरूमल्लिन पनि अनुरोध गरिन्। शाक्यले प्रधानमन्त्री ओलीलाई अल्छी भनेर आलोचना गर्नेहरुलाई पनि जबाफ दिएकी छन्।  हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ कन्टिनिअसली व्यस्त हुनुहुन्थ्यो। उहाँ कोठामा आउँदा आज बिहान साढे ४ बज्यो। सुत्दाखेरि शायद ५ बज्यो होला। अनी उहाँलाई हामीले सक्रिय भन्ने कि निष्क्रिय भन्ने। आफ्नो आफ्नो परिभाषा होला। मेरो परिभाषा अनुसार उहाँजस्तो सक्रिय मान्छे शायद नेपालमा मात्रै होइन विश्वमा पनि छैन होला,' उनले भनिन्। 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.