५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग

    • नाजिर हुसैन नाजिर हुसैन
    • today१० फाल्गुन २०८१

    धुलिखेल। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् र युवालयको आयोजनामा हालसम्म गठन भएका  देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ। सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपूर्ण  सहभागिता सुनिश्चित गर्न सर्वपक्षीय पहलका लागि आव्हान गरेको हो । 

     

    Ad
    Ad


    तीन दिनसम्म चलेको सम्मेलनमा हालसम्म औपचारिक रूपमा गठन भएका देशभरका तीसवटा स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूको सहभागिता रहेको थियो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सशक्तीकरणको लागि संघ, प्रदेश  र स्थानीय तहमा समन्वय र सहकार्य बढाउन सम्मेलन आयोजना गरिएको बताए। बस्नेतले  भने-' युवाहरूलाई आफ्नै देशभित्र सकारात्मक आशा र ऊर्जा बढाउन ७५३ वटै पालिकामा स्थानीय युवा परिषद्को गठन गर्नुपर्दछ।'  बस्नेतले युवा सशक्तीकरण र अर्थपूर्ण सहभागिताका लागि जहाँजहाँ कार्यकारी सरकार , त्यहाँत्यहाँ युवाका संरचना आवश्यक रहेको बताए।

     

    Ad
    Ad


    युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्सालले विद्यमान जनसाङ्ख्यिक लाभांशको सदुपयोग गर्न युवा मैत्री शासन र सशक्तीकरणमा मन्त्रालय तदारुकताका साथ लागिरहेको बताए। लम्सालले चाँडै राष्ट्रिय युवा नीति २०८१ जारी गर्न लागिएको जानकारी दिए। सम्मेलनमा काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले नेपाली युवाका मुद्दा अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्न लागिएको बताए। गौतमले युवाका संरचना बनेपनि स्रोत व्यवस्थापन हुन नसकेको जिकिर गरे।

     

    Ad


    सहआयोजक युवालयका अध्यक्ष धर्मराज रिमालले युवालाई नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्न आवश्यक रहेको बताए। युवा नीति र कार्यक्रमहरूमा युवाको आवाजलाई प्राथमिकता दिन सम्मेलनले सर्वपक्षीय आव्हान गरेको रिमालले बताए। उनले भने-' युवाहरू देशको वर्तमान र भविष्य हुन् । तिनको सशक्तीकरण र अर्थपूर्ण सहभागिता नै देशको समृद्धिको आधार हो ।' 

     

    तीनदिने सम्मेलन पश्चात् जारी गरिएको ध्यानाकर्षण पत्रमा  ७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न आह्वान गरिएको छ। यस्तै सम्पूर्ण राजनैतिक दलको कमिटीगत संरचनाहरूमा अनिवार्य ४० प्रतिशत युवाहरूको सहभागितालाई सुनिश्चित गर्न माग गरिएको छ। सम्मेलनले स्थानीय युवा परिषद् गठन भएका स्थानीय तहहरूमा युवाहरूलाई  अर्थपूर्ण सहभागिता प्रवर्द्धनका लागि युवा लक्षित बजेट तथा कार्यक्रम व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ।  राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाका रूपमा परिभाषित गरेको छ । देशमा युवाको जनसंख्या १ करोड २४ लाख १२ हजार १७३ (जनसंख्याको ४२.५६ ) प्रतिशत रहेको छ ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.