२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश

    • मेराज हास्मी मेराज हास्मी
    • today१० फाल्गुन २०८१

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।  नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजना स्वरूप रास्वपाले केन्द्र देखि प्रशिक्षण आरम्भ गरेको हो। यस अघि उपलब्ध विज्ञको आधारमा  रास्वपाले प्रशिक्षण गर्दै आएको थियो ।  रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना गरिएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पार्दै प्रशिक्षण सुरु भएको थियो । 

    Ad
    Ad


    प्रशिक्षणमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले, कार्यवाहक महामन्त्री, सहमहामन्त्रीहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, सांसदहरूको उपस्थिति रहेको थियो ।  रास्वपाले यो प्रशिक्षणमा मूलतः ६ वटा मुख्य विषयहरू प्रशिक्षणमा समेटेको छ । जसमा राजनीतिक प्रशिक्षण, शासन प्रणाली, समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति, सांगठनिक, जिम्मेवारी र लक्ष्य र प्रशासनिक व्यवस्था रहेका छन् । प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुई दिने प्रशिक्षण सञ्चालन भएको छ । प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यवहारिक अभ्यास र दस्ताबेज अध्ययनलाई विधिको रूपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति, र समूह छलफल, घटना अध्ययन,

     

    Ad
    Ad

    भूमिकानाटक, र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान, र पार्टी दस्ताबेजहरू अध्ययन जस्ता विधिहरू समावेश गरिएको छ ।  रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामाग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ ।  पार्टीले प्रशिक्षणको मूल्याङ्कन विधि समेत बनाई मूल्याङ्कन गर्ने गरेको जानकारी गराइन्छ ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.