१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।  नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजना स्वरूप रास्वपाले केन्द्र देखि प्रशिक्षण आरम्भ गरेको हो। यस अघि उपलब्ध विज्ञको आधारमा  रास्वपाले प्रशिक्षण गर्दै आएको थियो ।  रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना गरिएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पार्दै प्रशिक्षण सुरु भएको थियो । 

    Ad
    Ad
    Ad


    प्रशिक्षणमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले, कार्यवाहक महामन्त्री, सहमहामन्त्रीहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, सांसदहरूको उपस्थिति रहेको थियो ।  रास्वपाले यो प्रशिक्षणमा मूलतः ६ वटा मुख्य विषयहरू प्रशिक्षणमा समेटेको छ । जसमा राजनीतिक प्रशिक्षण, शासन प्रणाली, समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति, सांगठनिक, जिम्मेवारी र लक्ष्य र प्रशासनिक व्यवस्था रहेका छन् । प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुई दिने प्रशिक्षण सञ्चालन भएको छ । प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यवहारिक अभ्यास र दस्ताबेज अध्ययनलाई विधिको रूपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति, र समूह छलफल, घटना अध्ययन,

    Ad
    Ad
    Ad

     

    भूमिकानाटक, र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान, र पार्टी दस्ताबेजहरू अध्ययन जस्ता विधिहरू समावेश गरिएको छ ।  रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामाग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ ।  पार्टीले प्रशिक्षणको मूल्याङ्कन विधि समेत बनाई मूल्याङ्कन गर्ने गरेको जानकारी गराइन्छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.