२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चीनले वितरण गरेको साइकल जलाइयो

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१० फाल्गुन २०८१

    काठमाडौँ । मधेस प्रदेशको पर्सामा चीनको सहयोगमा वितरण गरिएको साइकल त्यहाँकाको एक विद्यार्थी संगठनले जलाएको छ । चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको आरोप लगाउँदै राष्ट्रिय विद्यार्थी परिषद् पर्साले सो साइकल जलाएको हो ।  परिषद्मा रहेका विद्यार्थीहरूले लक्ष्मणवा (प्रतिमा )चौकमा प्रदर्शन गर्दै साइकल जलाएको परिषद्का अध्यक्ष विनोद यादवले बताए । प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ !’ र ‘पुरानो साइकल, नयाँ धोका–चीन, अब हामीलाई मूर्ख नबनाऊ !’ जस्ता नारा लगाएका थिए । 

    Ad
    Ad


    विद्यार्थी परिषद् पर्साका अध्यक्ष विनोद यादवले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाएका छन् । मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै उनले यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि पनि मधेस प्रदेशका तत्कालीन सरकारले २०७८ मा ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान अन्तर्गत वितरण गरिएका साइकलमा व्यापक अनियमितता देखिएको थियो । त्यसमा पनि विद्यार्थी परिषद्ले विरोध गरेको थियो । अहिलेको घटनामा भने चीनले मधेसलाई सहयोगको नाममा कमसल साइकलहरू दिएको गुनासो गरेको छ । 
     

    Ad
    Ad

    वीरगन्ज महानगरपालिकाको पिपरास्थित श्रीनरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान चाइनिज साइकल वितरण गरिएको थियो । अन्तर्राष्ट्रिय लभ साइकल नेपाल अभियानले आयोजना गरेको सो कार्यक्रममा माघको पहिलो हप्ता चाइना फाउन्डेसनले सो साइकल वितरण गरेको थियो । 

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.