३ श्रावण २०८२, शनिबार / 19 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेसमा सामन्ती र दास मनोवृत्ति अझ बढ्दै गएको छ : इञ्चार्ज मातृका यादव

    • अशोक यादब अशोक यादब
    • today१० फाल्गुन २०८१

    बर्दिवास । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले जतिपनि परिवर्तन भएका छन् यसमा नेपाली पत्रकारिताको अझ ठूलो योगदान रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशनको शनिबार महोत्तरीको बर्दिबासमा उदघाटन गर्दै अहिले पत्रकारितामा भ्रम सृजना गर्ने र पीत पत्रकारिता बढी भईरहेको बताउदै राजनीतिक दलहरुमात्रै होईन प्रेस सेन्टर नेपाल लगायतका सञ्चार क्षेत्रमा पनि जनताले हेरिरहेको बताए । जनतामा छरिएका भ्रमहरु हटाउनका लागि पत्रकारहरुले नै महत्पूर्ण भूमिका खेल्नुपर्ने बताउदै उनले देशमा भईरहेको नौटंकीलाई जनतासामु नंग्याउनुपर्ने बताए । उनले संगठन जनवादी केन्द्रीयताको आधारमा संगठन चल्नुपर्ने बताउदै नेता यादवले अहिले कम्पनीको जस्तो चलिरहेको टिप्पणी गरे । उनले अब संगठन जनवादी केन्द्रीयताको अधारमा चल्ने बताए ।

     

    Ad
    Ad

    उनले भने, कसैको कुरा सुन्न चाहदैन । राजालाई त फालियो भन्दै मधेसमा अझ सामन्तीवा र दास मनोवृत्तिको बोलवाला बढेको छ ।’ यही कुरा जनतामा कार्यकर्तामा पुयाउन आग्रह गरे । अधिवेशन बोलाउनु भन्दा अध्यादेश ल्याउने काम गरेको भन्दै उनले अहिलेको सरकारको नेतृत्व गरीरहेका प्रधामन्त्री केपी ओली रक्षात्मक देखिएको टिप्पणी गरे । विशेष अवस्थामा अध्यादेश ल्याउने संविधानमा ल्याउने व्यावस्था भएपनि अध्यादेशले देश चलाउन खोजेका आरोप लगाए । भूमि व्यावस्था सम्बन्धी अध्यादेश ल्याएर भूमाफियालाई पोस्ने काम गर्न खोजेको पनि बताए ।

     

    Ad
    Ad

    उनले राष्ट्रियता जोगाउने, उत्पीडितवर्गको उत्थानको लागि काम नगरेर जनयुद्धको जगमा जसले आन्दोलन गरेर संंघीयता ल्यायो त्यसैलाई हिंसा भनेर होच्याउने गरेको बताए । प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्णको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेकपा (माओवादी केन्द्रं) मधेस प्रदेशसभा संसदीय दलका नेता भरत प्रसाद साह, प्रेस सेन्टर नेपालका उपमहासचिव हिरालाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

     

    Ad

    कार्यक्रममा स्वागत प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सुनिता बरालले गरेकी थिईन् । सञ्चालन महासचिव गोपाल गुप्ताले गरेका छन् । अधिवेशनमा प्रेस सेन्टर नेपालको मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.