१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्लाहीमा पत्रकार साहमाथि आक्रमण, प्रहरीले समेत लापरबाही गरेको आरोप

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । सर्लाही जिल्लाका वरिष्ठ पत्रकार तथा प्राइम टेलिभिजनका संवाददाता, सौर्य अनलाइन खबरका प्रधान सम्पादक विपेन्द्र कुमार साहमाथि शुक्रवार दिउँसो योजनाबद्ध आक्रमण भएको छ । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा राजकपुर मण्डलको नेतृत्वमा एक समूहले पत्रकार साहमाथि हातपात गर्दै कार्यालय प्रमुखकै कार्यकक्षबाट बाहिर निकालेर कुटपिट गरेको हो । पीडितका साहका अनुसार, आक्रमण पुरानो लेनदेन विवादका कारण भएको थियो । तीन वर्षअघि उनले राजकपुर मण्डलसँग १५ लाख रुपैयाँको ऋण कारोबार गरेका थिए । बारम्बार ऋण फिर्ता माग्दा मण्डलले ऋण फिर्ता गर्न अस्वीकार गरेपछि साहले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको साहले बताए ।

    Ad
    Ad
    Ad

     


    जिल्ला र जनकपुर उच्च अदालतले समेत साहको पक्षमा फैसला भएको थियो । अदालतको आदेशअनुसार मण्डलको दुई कित्ता जग्गा दाखिल-खारिज गराउन साह मालपोत कार्यालय पुगेका थिए, र सोही समयमा मण्डलको समूहले उनमाथि हमला गरेको हो ।पत्रकार साहका अनुसार, घटनापछि उनले प्रहरीमा जाहेरी दिन प्रयास गरे पनि प्रहरीले घटना लापरबाहीपूर्ण तरिकाले लिएको छ । उनले आरोप लगाउँदै भने, “प्रहरीले सुरुमै नै घटनालाई हल्का रूपमा लिएको देखिन्छ ।” जाहेरी बुझाउन जाँदा, प्रहरीले “किटानी जाहेरी लिएर आउनू” भन्ने प्रतिक्रिया दिएको उनको भनाइ छ । 

    Ad
    Ad
    Ad

     

    साहले जाहेरी लिएर पुनः प्रहरीमा गएपछि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको र यसलाई सत्ता र शक्तिको दबाबमा भएको दाबी गरेका छन् । पत्रकार साहले घटना माथि स्वतन्त्र छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विषयलाई गम्भीर रूपमा लिने आग्रह गरेका छन् । उनले प्रहरी प्रशासनको लापरबाही र पक्षपाती व्यवहारलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै न्यायको लागि सङ्घर्ष जारी राख्ने सङ्कल्प व्यक्त गरेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.