२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विदेशबाट फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयले क्रेडिट ट्रान्सफर सुविधा दिने

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफरको सुविधा दिने भएको छ । भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा क्रेडिट ट्रान्सफरको सुविधा उपलब्ध गराइनेछ । विश्वविद्यालयको सूचना प्रविधि महाशाखाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यस नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएको हो ।

    Ad
    Ad
    Ad

     

    विज्ञप्तिमा भनिएको, “विदेश अध्ययनको लागि गएका तर अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीहरूलाई नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेपछि यो सुविधा लिन सक्नेछन् ।” यस कदमले विदेशबाट फर्किएका विद्यार्थीहरूको शैक्षिक यात्रा निरन्तरता दिन मद्दत पुग्ने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ । तथापि, किटमा अध्ययनरत विद्यार्थीहरूको आत्महत्या प्रकरण पछि असुरक्षाको कारणले धेरै नेपाली विद्यार्थीहरू नेपाल फर्किएका छन् । सुरक्षाको कारण नेपाल फर्किएका विद्यार्थीहरू क्याम्पसको आग्रह बाबजुद फर्किन तयार छैनन् ।

    Ad
    Ad
    Ad

     

    यसैबिच, पूर्व शिक्षामन्त्री र प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले उक्त व्यवस्था कार्यान्वयन गर्नका लागि आफूले सक्दो पहल गरिरहेको बताइन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “यो एक सानो सफलता हो, तर हामीले गर्नुपर्ने धेरै छ । म आफूले सक्ने जति गर्छु ।”यस व्यवस्थाले विदेशबाट फर्किएका विद्यार्थीहरूलाई सहज शैक्षिक यात्रा पुनः सुरु गर्न अवसर दिने अपेक्षा गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.