१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जालको फाइदा र बेफाइदा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सनलाइटकी प्रतिभा काफ्ले विजयी

    • अमन गुप्ता अमन गुप्ता
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । वीरगञ्जको अनमोल पार्टी प्यालेसमा स्टडी इन्टरनेशनलको आयोजनामा “आवाज - द भ्वाइस अफ टुमोरो” नामक सामाजिक सञ्जालको फाइदा र बेफाइदा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको विचार र बौद्धिक क्षमता परीक्षण गर्नको लागि आयोजित प्रतियोगितामा प्रथम सनलाइट स्कुलमा अध्ययनरत प्रतिभा काफ्ले भइन् । सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेकी उनलाई १० हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट सम्मानित गरिएको आयोजकले जनाएका छन् । त्यस्तै वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) मा अध्ययनरत मिश्ल मोहम्मदले दोस्रो स्थान हासिल गरे । उनलाई पाँच हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरियो ।

    Ad
    Ad
    Ad

     


    तेस्रो पुरस्कार ग्लोबल बिजनेस कलेजका सौरभ पटेलले हात पारे । उनलाई तिन हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट सम्मानित गरियो । यस्तै, दर्शकहरूको छनौटमा पनि परेकी प्रतिभा काफ्लेलाई थप १ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरियो । प्रतियोगिताको निर्णय गर्ने जिम्मेवारी स्टडी इन्टरनेशनल प्रमुख कार्यकारी अधिकृत र संस्थापक अमिन अनवर, रंगराजन चौरसिया र श्याम विकेश महतोले सम्हालेका थिए । उनीहरूको गहिरो मूल्याङ्कन र निष्पक्ष निर्णयको आधारमा विजेताहरूको घोषणा गरिएको थियो ।

    Ad
    Ad
    Ad

     

    सनलाइट इंगलिस सेकेण्डरी स्कुल र रुटिन अफ वीरगञ्ज बन्दको सह-आयोजनामा भएको प्रतियोगितामा वीरगञ्ज पब्लिक कलेज, बीआइटी कलेज, श्री नृसिंह मावि, सनलाइट स्कुल, हिमालयन पिरामिड स्कुल र ग्लोबल बिजनेस कलेज गरी वीरगञ्जका आठ प्रतिष्ठित विद्यालयहरूले सहभागिता जनाए । सहभागी विद्यार्थीहरूले आफ्नो वक्तृत्वकला मार्फत सामाजिक सञ्जालको फाइदा र बेफाइदाबारे गहिरो सोच र दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा आयोजकहरूले विद्यार्थीहरूलाई आगामी दिनमा यस्तो प्रकारका कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.