२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा किट विश्वविद्यालयबाट निकालिएका विद्यार्थीद्वारा मौन जुलुस प्रदर्शन, सिडिओलाई बुझाए ज्ञापन पत्र

    • मेराज हास्मी मेराज हास्मी
    • today९ फाल्गुन २०८१

    वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा वीरगञ्जमा नेपाली विद्यार्थीहरूले मौन जुलुस निकालेका छन् ।

    Ad
    Ad


    न्यायको माग गर्दै शुक्रवार गरिएको प्रदर्शनमा किट विश्वविद्यालयबाट निष्कासित झन्डै ५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उनीहरूलाई वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूले पनि साथ दिएका थिए । विरोध जनाउन विद्यार्थीहरूले हातमा कालो पट्टि बाँधेर मुखमा कालो मास्क पनि लगाएका थिए  ।

     

    Ad
    Ad

    २० वर्षीय प्रकृति लम्साल फागुन ४ गते किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गर्ने काम भयो । 

    Ad
     
     
     

    विद्यार्थीहरूमाथि भएको सोही अन्यायको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् । घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान, आदर्शनगर, नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेको थियो ।

     

    विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको गैर जिम्मेवार रवैया र अन्यायपूर्ण कारबाहीको कडा विरोध जनाउँदै उनीहरूले प्रकृति लम्साललाई मानसिक र शारीरिक यातना दिएको आरोप लागेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइयोस् भन्ने माग गर्दै नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिए ।

     

    त्यस्तै विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको गैर जिम्मेवार व्यवहारको विरोध गर्दै भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भनेर कडा कदम चाल्न आग्रह गरे । उनीहरूले किट विश्वविद्यालय फर्किन चाहने नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता, उनीहरूको शैक्षिक भविष्य सुरक्षित राख्ने प्रतिबद्धता, र एकेडेमीक प्रक्रियामा कुनै पक्षपात नहुने ग्यारेन्टी गरिनुपर्ने माग गरे ।


    विद्यार्थीहरूको गम्भीर मागप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस विषयलाई सम्बन्धित निकायमा पुर्याइने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीहरूको न्यायको पक्षमा आफूहरू दृढ रहेको बताउँदै, प्रकृति लम्सालको मृत्युसँग सम्बन्धित छानबिन पारदर्शी रूपमा अघि बढाउन नेपाल सरकारको तर्फबाट पहल गरिने आश्वासन दिए ।

    घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षासँगै नेपाल–भारतबिचको शैक्षिक सम्बन्धमा पनि प्रश्न उठाएको छ । विद्यार्थीहरूले न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्, जसले नेपाल सरकारलाई थप कूटनीतिक पहल गर्न बाध्य बनाएको छ ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.