२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नापी र मालपोत कार्यालय बाराका आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • अशोक यादब अशोक यादब
    • today९ फाल्गुन २०८१

    बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बारा र मालपोत कार्यालय बाराका अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    Ad
    Ad
    Ad

     

    एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई अनियमित रूपमा किनबेच गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

    Ad
    Ad
    Ad


    अख्तियारका अनुसार मालपोत कार्यालय बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दीनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, लेखापढी व्यवसायी जयलाल सहनी, जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    अख्तियारका अनुसार बाराको साविक डुमरवाना गा.वि.स. वडा नं. ६ क मा रहेको ०-१-० क्षेत्रफल भएको जग्गालाई किर्ते गरेर ०-३-१० बनाई बिक्री गरिएको पाइएको छ। त्यस्तै, ०-२-१० क्षेत्रफल भएको जग्गालाई ०-६-० बनाई नापी कार्यालय र मालपोत कार्यालयको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरिएको अनुसन्धानबाट खुलेको छ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.