२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साको ठोरीमा अलपत्र गाईको उद्धारका लागि मुख्यमन्त्रीको निर्देशन

    • बिशाल यादब बिशाल यादब
    • today९ फाल्गुन २०८१

    वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–५ मा रहेको एक गाई फार्ममा अलपत्र अवस्थामा छोडिएका २०० भन्दा बढी गाईहरूको उचित हेरचाहका लागि मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पशुविज्ञसहितको टोली पठाउन निर्देशन दिएका छन्।

    Ad
    Ad
    Ad


    फार्मका साझेदारहरूबीचको विवादका कारण गाईहरूको रेखदेख गर्ने कोही नभएपछि उनीहरू भोकभोकै रहेको सूचना प्राप्त भएसँगै मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई वस्तुस्थितिबारे थप जानकारी लिन र पशुविज्ञको टोली पठाउन आग्रह गरेका हुन्।

    Ad
    Ad
    Ad

     

    मुख्यमन्त्री सिंहले फार्मका ३ जना साझेदारलाई खोजी गरी गौसेवाप्रति जवाफदेही बनाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएका छन्। साथै, ठोरी गाउँपालिकाको नेतृत्वलाई गाईहरूको तत्काल हेरचाह तथा व्यवस्थापनका लागि अग्रसर हुन अनुरोध गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    केही दिनदेखि हेरचाहको अभावमा गाईहरू भोकभोकै परेका छन्, भने एक सुत्केरी गाईलाई समेत सहयोग गर्न कोही नभएको देखिएको छ। उनले अर्को व्यवस्था नभएसम्म गाईहरूको उचित सेवा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

    स्मरणीय छ कि गाई नेपालका हिन्दू धर्मावलम्बीहरूका लागि पूजनीय जनावर हो भने नेपालले गाईलाई राष्ट्रिय जनावरको रूपमा मान्यता दिएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.