३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा रेडक्रस शाखाको सभापतिमा वृजकिशोर पटेल विजयी

    • बिशाल यादब बिशाल यादब
    • today८ फाल्गुन २०८१

    वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्साको सभापतिमा वृजकिशोर पटेल विजयी भएका छन् । बुधवार सम्पन्न मतदानमा पटेल ४ मतले विजयी भएका हुन् । उनले ६७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विरेन्द्रराज कडेंलले ६३ मत ल्याएका छन् । त्यस्तै उपसभापतिमा भगवती चौधरी विजयी भएका छन् । उनले ७४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विनोद मेहेताले ५५ मत ल्याएका छन् । महिला उपसभापतिमा मधु राणा ७५ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सरिता कुमारी यादवले ५५ मत पाएकी छिन् । मन्त्रीमा विनोद गिरी ६६ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी महन्थ प्रसाद यादवले ६४ मत पाए ।

    Ad
    Ad
    Ad

     

    कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी काशी प्रसाद साह तेलीले ६० मत ल्याएका छन् । उपमन्त्रीमा भने दुवैको बराबर मत आएको छ । साविर अहमद एराज र सन्तोष कुमार गुप्ताको ६४–६४ मत आएको छ । सभापतिमा वृजकिशोर पटेल विजयी भएपनि अधिकांश पदाधिकारी र सदस्यहरु भने कडेंल पक्षका विजयी भएका छन् ।

    Ad
    Ad
    Ad

     

    कार्यसमिति सदस्यहरुमा कडेँल प्यानलका ७ जना सदस्य र महिला सदस्य २ जना विजयी भएका छन् । कडेंलको प्यानतर्फका उम्मेदवार बनेका सदस्यहरुमा शिवनाथ यादवले ७२ दिनानाथ रौनियार ७०, मदन प्रसाद गुप्ता ७०, जितेन्द्र कुमार वर्मा ७०, बाबुनन्द चौरसिया ६५, अलिअसगर देवान ६५ मत ल्याएर विजयी भएका छन् । वृजकिशोर पटेलतर्फका उम्मेदवार सदस्यमा पराजित भएका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    त्यस्तै महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् । कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । महिला सदस्यमा पनि विरेन्द्रराज कडेँल प्यानलका दुईजना विजयी भएका छन् । तीनजना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् ।

     

    एकसय ३४ मतदाता संख्या रहेको रेडक्रस सोसाईटी पर्सा शाखामा १३३ मत खसेकोमा सदस्यको मतपत्रमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । १७ जना कार्यसमितिको लागि ३४ जनाको उम्मेदवारी परेको थियो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.