२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नारायणी अस्पतालमा चिकित्सक अभाव, काज फिर्ता गर्न मन्त्रालयको ढिलासुस्ती

    • बिशाल यादब बिशाल यादब
    • today८ फाल्गुन २०८१

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी अभावको समस्यामा परिरहेको छ। अस्पतालमा कार्यरत १६ जना चिकित्सकसहित ३४ जना स्वास्थ्यकर्मी विभिन्न सरकारी अस्पतालहरूमा काजमा खटिएका छन्। स्वास्थ्य मन्त्रालयले उनीहरूलाई फिर्ता बोलाउन आनाकानी गरिरहेको अस्पताल प्रशासनले जनाएको छ। बिरामीहरूको चाप बढ्दै गए पनि आवश्यक विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। रेडियोलोजी विभाग चिकित्सकविहीन बनेको छ, किनभने रेडियोलोजिस्ट डा. पुष्पराज अधिकारी बिरामी बिदामा छन् भने अर्का रेडियोलोजिस्ट डा. दिवस सापकोटा भरतपुर अस्पतालमा काजमा रहेका छन्। एनेस्थेसियोलोजिस्ट डा. मञ्जु महर्जन परोपकार प्रसूति अस्पतालमा काजमा रहेकाले नारायणी अस्पतालमा सहायकहरूकै भरमा बेहोस गराएर शल्यक्रिया गरिँदै आएको छ।

    Ad
    Ad
    Ad

     

    त्यस्तै, अन्य विभिन्न विशेषज्ञ चिकित्सकहरू पनि काजमा छन्। ग्यास्ट्रोलोजिस्ट डा. अरुण ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, नेफ्रोलोजिस्ट डा. नीरज ढकाल वीर अस्पतालमा, डेन्टल सर्जन डा. वर्षा थापा लुम्बिनी प्रदेशमा, छालारोग विशेषज्ञ डा. आनन्द नेपाल पोखरा क्षेत्रीय अस्पतालमा, र अर्थोपेडिक सर्जन डा. भरतबहादुर खत्री अज्ञात स्थानमा कार्यरत छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार, चिकित्सक अभाव पूर्ति गर्न दुई पटक आवेदन आह्वान गरिएको थियो, तर कसैले चासो देखाएका छैनन्। उनले स्वास्थ्य मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरूलाई तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

     

    चिकित्सक अभावकै कारण बिरामीहरू समयमै स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन्। अस्पताल प्रशासनले काजमा गएका चिकित्सकहरूलाई यथाशीघ्र फिर्ता पठाउन आग्रह गरे पनि अहिलेसम्म मन्त्रालयबाट कुनै ठोस निर्णय नआएको गुनासो गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.